स्वास्थ्य

नेपालमा प्लाष्टिकको नियमन तथा नियन्त्रणका ऐन र निदेर्शिकाहरु

प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निदेर्शिका-२०६८ ले कुनै पनि फर्म, कम्पनी वा व्यक्तिले २० माइक्रोन भन्दा कम मोटाटका प्लाष्टिक झोला उत्पादन, बिक्री र प्रयोग निषेध गरेको छ । प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका-२०६८ ले नेपालमा पनि ५ आर सिद्धान्तलाई लागू गर्न सुझाव दिएको छ । विश्वब्यापी रुपमा प्रयोगमा आएको प्लाष्टिकजन्य पदार्थको प्रदुषण कम गर्न ५ आर अर्थात रिडक्सन, रियुज, रिप्लेस, रिसाइकल र रिकोभरको सिद्धान्त नेपालमा तुरुन्त सवै नेपालीले प्रयोग गर्नु अहिलेको आवश्यकता हो । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी २०७२ वैशाख १ वैशाख गतेदेखि काठमाडौ उपत्यकामा ४० माइक्रोन भन्दा कम तौलका प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

यो पनि पढ्नुहोस्

प्लाष्टिक पर्यावरण र जनस्वास्थ्य

प्लाष्टिकको कपमा चिया पिउँदा स्वास्थ्य पुग्ने हानीहरु

प्लाष्टिकको झोला, कप प्रयोग गर्न प्रतिबन्ध नगरपालिकाहरु

के हो प्लाष्टिक ? ४५० बर्ष कुहिन समय लाग्ने प्लाष्टिक बोतलको प्रयोग नगरौ

प्लाष्टिक प्रयोग घटाउने जनचेतनामूलक कार्यक्रम कामपाका ३२ वटै वडामा गर्नुपर्ने – पूर्वमन्त्री शाह

प्लाष्टिक प्रयोगको 5R (५–आर) सिद्धान्त

पहिलो आर – खपत तथा खेर जाने प्लाष्टिकको परिमाण घटाउने (Reduction) ।
दोस्रो आर – प्रयोगकर्ताले नै खेर जान लागेका प्लाष्टिकलाई पुनः प्रयोगमा ल्याउने (Reuse)।
तेस्रो आर – प्लाष्टिकको प्रयोगलाई वातावरणमैत्री विकल्पले विस्थापित गर्ने (Replace) ।
चौथो आर – खेर गएका प्लाष्टिकहरुलाई उपयोगी सामग्रीहरु बनाउनको लागि पुन: प्रशोधन गर्ने
(Recycle) र
पाँचौ आर – पुनः प्रयोगमा आउने नसक्ने गरी खेर गएका प्लाष्टिकवाट उर्जा उत्पादन गर्ने (Recover)।

प्लाष्टिकजन्य पदार्थको पुनः प्रयोग र उचित ब्यवस्थापन गर्न सकियो भने वातावरणमा परिरहेको नकारात्मक असरलाई पक्कै कम गर्न सकिन्छ । ५ आरको अर्थ, खपत वा खेर जाने झोलाको परिमाण घटाउने, प्रयोगकर्ताले नै खेर जान लागेको झोलालाई पुनः प्रयोग गर्ने, प्लाष्टिक झोलाको प्रयोगलाई वातावरणमैत्री विकल्पले विस्थापित गर्ने, खेर गएको प्लाष्टिकलाई अन्य उपयोगी सामाग्री बनाउन पुनः प्रशोधन गर्ने र पुनः प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेको प्लाष्टिकबाट ऊर्जा उत्पादन गर्ने भन्ने हो ।

Like & Follow us on Facebook

नेपाल सरकारले पनि अव नयाँ नीति नियम बनाउँदा यो ५ आर सिद्धान्त लागु हुने खालका नीति नियम बनाउनु जरुरी छ । साथै नेपालका सवै वडामा प्लाष्टिकको कपमा चिया खानुको सट्टा पेपर कपमा चिया खाने बानी सवै नागरिकले बसाल्नैपर्छ । नेपाल सरकारले सवै नागरिकलाई स्वास्थ्य बनाउने र वातावरण संरक्षण गर्ने हो भने वार्डमा रहेका प्लाष्टिक पसलमा प्लाष्टिक कप बेच्न प्रतिबन्ध गर्नुपर्छ भने पेपर कप बेच्न प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्न जरुरी छ । यो सिद्धान्तलाई पछ्याउदै हामी पनि सचेत बनौं, स्वच्छ वातावरण नै हाम्रो र सन्ततीको भविष्य हो त्यसैले प्लस्टिकजन्य पदार्थको प्रयोग सकेसम्म कम गरौं ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!