स्वास्थ्य

पिनासको औषधि र मेरो अनुभव

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


पिनासको औषधि र मेरो अनुभव । सुन्दा कागजको टुक्रा तर औषधि भने अनौठो कुरो रहेछ । हामीले यस्ता वस्तुको उपयोगबारे जानकारी हुन आवश्यक छ । हाम्रा पुर्बजहरूले यस्ता अनेकौं चमत्कार देखाएर त्यति बेला त्यसै वैद्य भएका थिएनन् जस्तो अहिले लागेको छ किनभने यस्ता अनेकौं जडिबुटी सम्मबन्धी जानकारीको ठेली बुबा हजुरले राख्नु भएको थियो र त्यति बेला सामान्य रोगको उपचार गर्न शहर धाउनुपर्ने बेलामा गाउँघरमै उहाहरूले यस्ता उपचार गरेर ठूलो पैसा खर्च हुनबाट बचाउनु भएको थियो ।

यो घटना धेरै पुरानो हो मलाई एक साइडको टाउको बेस्करी दुखेको थियो त्यति बेला औषधि लिन अलिटाडा पुग्नुपर्ने र साधनको पनि अभाव हुनाले यो सहन नसक्ने अवस्थामा बुबाले कागजको चुरोट जस्तो बनाएको मलाई सल्काएर तान्न दिनुभयो र एक दुई सर्का के तानेको थिय पिरो कस्तो कस्तो लाग्यो एक छिन् पछि मलाई टाउको दुखाई निको भएको थियो ।

आजसमय परिवर्तन भएको छ । हामीलाई पस्चिमी हावाले यतिबेला ठूलो पर्भाव पारेको देखिन्छ । साना तिना रोगको उपचार हामी घरेलु औषधिबाट उपचार गराउन चाहदैनौ किनकि हामी संग प्रसस्त धन पैसा छ । जब मानिस परनिर्भरमा बाच्न थाल्छ उसले मेहनत गर्न चाहदैन यसैको प्रर्तिफल अरूले उठाउन थाल्दछ ।

पिनासको कारणले हजुरको आधा टाउको दुख्न थालेको छ भने गोर्खा पत्रीका ल्याउनुहोस त्यसलाई चुरोट जस्तै बेर्नुहोस र सल्काएर चुरोट जसरी नै तान्नुहोस तान्नासाथ हजुरको टाउको दुख्ने समस्या चट् भइहाल्छ । यस्ता चमत्कारयुक्त औषधि कहिलेकाही खाएर लाभ उठाउन सके ५०० रूपया खर्च हुनबाट बचाउने छ ।

यहाँ मैले गोर्खा पत्रिका भन्नुको अर्थ त्यति बेला बुबा हजुरले मलाई गोर्खा पत्रको चुरोट बनाएर दिनु भएको थियो । आज यस्ता अनेकौं घटना हामीले देखेर पनि अनदेखि गरेका छौं । जब जब अन्य उपचार गरेर थाकेपछी मात्र उअसले यता ध्यान दिन थाल्दछ । हामीले एउटा कुरा हमेसा बुझ्न आवश्यक छ त्यो हो बाबुबाजेले दिने गरेका अर्ति उपदेश ।

मलाई अहिले पनि याद छ बुबाले भन्ने गर्नु हुन्थेव बाबु जडिबुटीबारे राम्रो जानकारी मसंग लिने गर तर हामीलाई फुर्सद नै थिएन यता हेर्ने, मर्ने बेलासम्म उहाले सन्जीवनी बुटी उम्रने टाँउ देखाउने थिए तर यो अधुरो रहेको थियो उहाँले कतिलाई बचाउनु भएको थियो तर विधिको विधान कसले टार्न सक्दो रहेछ अन्तमा उहाँ जानुभएपनि मैलेउहाँले समाजमा यस्ता कुराको विकास हुन आवश्यक छ भन्ने कुरालाई ध्यानमा राखेर अनुभव पस्कने पर्यत्न गर्दैछु ।

जडिबुटी हाम्रो सम्पदा हो प्रयोग गर्ने बानी बसाल्नुपर्छ भन्ने कुरालाई सेयर गर्दै छु फाइदा उठाउने कुरा पाठकमा भरपर्छ । कतिपयले मेरा लेख पढेर फाइदा उठाएको जानकारी पाएको छु । म खुसी त्यति बेला हुनेछु जति बेला पाठकले फाइदा उठाउँदै आउनु भएको कुरालाई सेयर गर्दै जानुहुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

पिनासको दोहोलो

जान्नुहोस् ! पिनासको रोकथाम र बच्ने उपाय

जान्नुहोस् ! पिनासको कारणहरू, लक्षणहरू र निदान विधि

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!