स्वास्थ्य

हाइपोटेन्सन र यसको उपचार

सामान्यतया हाइपोटेन्सनलाई (न्यून रक्तचाप) असाधारण अवस्था मानिन्छ । न्यून रक्तचाप विरलैलाई मात्र हुने हुन्छ । धेरैजसो सामान्य कुराकानी गर्दा आफूलाई न्यून रक्तचाप छ भन्ने गरेतापनि बढी भन्दा बढी यस्ता व्यक्तिहरुको सिस्टोलिक चाप ९० बाट ११० मि.मि. (पारोको हाराहारीमा पाइन्छ । उक्त चापलाई साधारण नै मानिन्छ । अर्को रोचक पक्ष यस्ता व्यक्तिहरुको आयु सामान्य रक्तचाप भएका मानिसहरुको भन्दा बढी भएको पाइएको छ ।

असाधारण हाइपोटेन्सन ले खतरनाक रोगलाई इंगित गरेको हुन्छ । जस्तै वाह्य तरल पदार्थको निष्कासन, मष्तिस्क स्राव हुनु, वान्ता हुनु, झाडा पखाला लाग्नु, बढी पिसाब लाग्नु, औषधीको अधिक प्रयोग, आगोले पोल्नु, अधिक पसिना आउनु, हृदयाघात हुनु, भित्री तरल पदार्थमा कमी आउनु, आन्द्रामा रोकावट हुनु र फोक्सोमा रगत जम्नु जस्ता कारणहरुले पनि रक्तचापमा कमी आउँदछ । मुटु वा त्यससित सम्बन्धित अन्य अंगमा खराबी देखिएमा हृदयाघात, नाडीको चालमा फरक आउनु, छातीमा अत्यधिक पीडा हुनु, रक्तनलीहरुमा धेरै खराबी आउनु पनि हाइपोटेन्सनका लक्षणहरु हुन् ।

उपचार

हाइपरटेन्सनको उपचार नियमित औषधी सेवन गरी रक्तचापलाई नियन्त्रणमा राख्नु हो । ५ देखि १५ प्रतिशत उच्च रक्तचापका रोगीहरुको उपचार रोगको कारण पत्ता लगाएर मात्र गर्ने गरिन्छ । तर ८५ देखि ९५ प्रतिशत रोगीहरु जसको रोगको कारण थाहा लाग्दैन, यिनीहरुको उपचार भनेको नियमित रुपले जीवनभर औषधीको सेवन गर्नु नै हो । केही रोगीहरुलाई भने खाना, धुम्रपान, मदिरा सेवन, तनाव आदिमा परिवर्तन गरी रक्तचाप नियन्त्रण गर्न सकिन्छ भने केहीलाई औषधीको सेवनमा क्रमशः कमी गराएर नियन्त्रण गर्न सकिन्छ । रक्तचापमा नियन्त्रण ल्याउनु भनेको एउटा लामो प्रक्रिया हो । यस प्रक्रियामा बिरामीले थेग्न सक्ने हिसाबले एक वा धेरै किसिमका औषधीको मात्रा बिस्तारै बढाउँदै लानु पर्दछ । हाइपोटेन्सनको उपचारमा औषधीको सेवन गराइदैन । यसको सट्टामा नून सेवनको मात्रा बिस्तारै बढाइन्छ । कुनै कुनै बिरामीहरुको रक्त चाप अकस्मात् घट्ने हुन्छ । यस्तो बिरामीको लागि खुट्टाको तल्लो भागमा पट्टि कसेर पनि रक्तचापमा अकस्मात् हुने कमीबाट बचाउन सकिन्छ ।

हिजोआज हाइपरटेन्सनबाट अधिकांश मानिसहरु पीडित छन् । शरीरको धेरै भन्दा धेरै अंगहरु क्षति पुयाउनमा यसले प्रमुख भूमिका खेल्दछ । यो रोगले बहुसंख्यक मानिसको आयुलाई छोट्टयाउँछ र जीवनको स्वरुपलाई नै बेढंगा बनाउँदछ । त्यसैले रक्तचाप घटबढ हुनु स्वास्थ्यको हिसाबले अत्यन्त खतरापूर्ण मानिन्छ । त्यसैले यसबाट बच्न बेलैमा सचेत हुन आवश्यक छ ।

हाइपोटेन्सन भएको खण्डमा अपनाउनुपर्ने कुराहरु

१. चिकित्सकको सल्लाहलाई इमान्दारिताकासाथ पालना गर्ने ।

२. उचाइको हिसाबले आफ्नो हुनु पर्ने निश्चित तौलको ख्याल राखि बढी भएमा घटाउने ।

३. यदि मधुमेहको रोगी हुनुहुन्छ भने त्यसको नियन्त्रण गर्ने ।

४. दिनमा ५ ग्रामभन्दा कम मात्र नून लिने ।

५. नियमित व्यायाम गर्ने ।

६. पोटासियम, क्याल्सियम र म्याग्नेसियम बढी पाइने खानेकुराको सेवन गर्ने ।

७. आफूले खाने औषधीको नाम र त्यसको मात्रा याद गर्ने ।

यो पनि पढ्नुहोस् 

रक्तचापवाट कसरी बच्ने ?

रक्तचाप र यसका श्रेणीहरु

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!