घरेलु उपचारस्वास्थ्य

ग्यास्टिकको कारण र घरेलु उपचार

ग्यास्टिक र यसको घरेलु उपचार । हामीले खाएको खाना पचाउन आमासयमा एक प्रकारको हाइड्रोक्लोरिक एसिड (Hydrochloric Acid) रस पैदा भएको हुन्छ । यदि हाइड्रोक्लोरिक एसिड (Hydrochloric Acid) रस पैदा भएन भने पाचनक्रियामा खराब हुन थाल्दछ । त्यस्तै उक्त पेटमा पैदा हुने अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट (Bicarbonate) एक प्रकारको क्षार पनि उत्पादन भइरहेको हुन्छ।

यी ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रकियाहरुको सन्तुलनमा गडबडीका कारण तपाईहामीलाई ग्याष्टिक वा ग्यास्ट्राइटिस रोग लाग्छ ।हामीले खानेकुरा राम्रोसंग चपाई निल्ने, साधारणतया ठिक समयमा खाना खाने, पेट खाली नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने, खानाको वीचमा पानी नपिउने, खाना खादा ध्यान अन्येत्र नलग्ने, बोलेर खाना नखाने आदि गर्नाले यो रोगबाट बच्न सकिन्छ ।

रक्सी चुरोटको सेवन कम गर्ने, मानसिक चिन्ता कम लिने गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ। साथै दुखाइ कम गर्ने औषधीहरुको अनावश्यक र अत्यधिक सेवन गर्नुहुदैन । ग्यास्टिक खास गरी त्यस्ता व्यक्तिलाई बढी हुन सक्छ जसले खानामा बढी लापरबाही गर्दछ । आजकल फास्ट फुडको जमाना छ बजारमा बनेका बढी मसलाहालेका परिकारले पनि हामीलाई ग्यास्टिक भएको हुन सक्छ ।

ग्यास्टिक हुनुको प्रमुख कारण

यसका कारणहरुमा हेलिकोब्याक्टर पाइलोरी (Helicobacter Pylori) भन्ने किटाणुको संक्रमण अग्रपंक्तिमा पर्छ । नेपाल जस्ता अविकसित देशहरुमा ८०% भन्दा बढि मानिसहरुमा यो किटाणुको संक्रमण भएको अध्ययनहरुमा देखिएको छ । त्यस्तै धुम्रपानको कारणले पनि यो रोग हुने सम्भावना बढ्न जान्छ । दुखाई पेन क्लियर गर्ने खालका ब्रुफेन, निम्स, डाक्लो फेनिक एसिड, एसिक्लो, इन्डो मेथासोन जस्ता दुखाइ कम गर्ने औषधीहरुको अत्यधिक सेवनले पनि यो समस्या हुने गर्छ ।

उपचार

१. घरेलु उपचारहरु जस्तै चिल्लो, पिरो, अमिलो कम खाने, पानी प्रशस्त मात्रामा पिउने, धेरै बेर खाली पेट नबस्ने आदि गर्नाले पनि यो रोगबाट धेरै छुटकारा मिल्छ।

२. प्रात: उठ्ने वित्तिकै ४ गिलास जति बासी पानी पिउने २ घण्टा केहि नखाने र २ घण्टापछि एक गिलास पानीमा थोरै बिरेनुन राखेर खाने यो रोग क्रमश: निको हुदै जान थाल्दछ ।

३. अभिपत्तिकरचुर्ण १ चमच दिनमा २ पटक मनतातो पानीसित खाने गर्नुपर्छ ।

४. ग्यास्टिकको उपचार गर्दा पेट सफा हुन आवश्यक छ । त्रिफलाचुर्ण १ चमच दैनिक दुध वा तातो पानीसित खाने गर्नुपर्छ ।

नोट : ग्याष्टिकको समस्या धेरै नै छ र घरेलु उपचारले मात्रै ठिक भएन भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

यसरी गर्नुहोस् ! ग्याष्ट्रिकको प्राकृतिक उपचार

जण्डिस र यसको उपचार

खोकी र यसको घरेलु उपचार

सेतो दुवी र घरेलु उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!