हेल्थ टिप्स

असुरो प्रयोगबाट हुने फाइदाहरु

असुरो हाम्रो गाउँघरतिर प्राय: बारको रूपमा लगाउने गरेको पाइन्छ । असुरोलाई (adhatoda, vasa, or vasaka) भन्ने गरेको पाइन्छ । अरु सामान्य फूलहरूमा झैं असुरोका फूलहरू पनि प्रजननका दुवै अंग भाले तथा पोथी एउटै फूलमा पाइन्छ । विरुवाको खासगरी प्रयोगमा आउने भाग भनेको पात हो । यो तीतो हुन्छ।

यो विरुवा वर्षैभरी हरियो हुने हुनाले यसको पात बराबर संकलन गर्न सकिन्छ, तर फूल फूल्ने समयमा यसको पात संकलन गरेका पात बढी उपयोगी हुन्छ । रुघा, खोकी, दम, बाथ, ज्वरो, नाक र मुखबाट रगत आउने, क्षयरोग, ब्रोङकाइटिसमा यसको पातबाट काँडा पकाएर सेवन गरिन्छ ।

असुरो प्रयोगबाट हुने फाइदाहरु

१. असुरो श्वास रोगीका लागि उपयोगी हुन्छ ।

२. असुरोको पातको ताजा रस महसँग मिसाएर चाट्दा पुरानो खोकी तथा श्वाससम्बन्धी समस्यामा लाभ मिल्छ ।

३. १ चम्चा असुरोको पातको रस, १ चम्चा अदुवाको रस तथा १ चम्चा मह मिसाएर खाँदा सबै खालका खोकी तथा श्वास समस्यामा आराम हुन्छ ।

४. असुरोको पातको रस र सुठो वा अदुवाको रस मिसाएर पकाउने र सेलाएपछि मह मिसाएर दिनमा ३ पटक चाट्दा दम तथा श्वाससम्बन्धी समस्यामा फाइदा हुन्छ ।

५. असुरोको पात पकाएर कुल्ला गर्नाले दाँत तथा गिजाका रोगीलाई फाइदा हुन्छ।

६. असुरोको सुकेको पात पुस्तकका पानाहरूमा राख्दा कीरा लाग्दैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

खोर्सानीका फाइदाहरु

जाडोमा अकबरे खुर्सानी खानुका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

तिते करेला खानुका फाइदाहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!