जीवन-दर्शन

समय र यसको महत्व

समय भन्दा हाम्रो उमेर गएकालाई पनि समयसंग दाज्न सकिन्छ । हामीले गर्ने जस्तोसुकै कामको मुल्याङ्कन समयले गरेको हुन्छ । जब हाम्रो जन्म भयो हामी दुध खाने बच्चा थियौँ र क्रमस बढ्दै बालक बन्यौ र युवा भयो अहिले समयकै कारण बृद्ध बन्दैछौं । कामले काम सिकाउछ भन्ने कुरामा पनि समयकै हात छ । जब हामी केही सिक्न चाहांन्छौं त्यति बेलापनिसमयकै हात रहेको हुन्छ । जबसम्म हामीले समयलाई चिन्न सकेनौं भने हामीले ठूलो मुल्य चुकाउनुपर्ने हुन सक्छ ।

पैसालाई हामीले समयसंग दाज्नु हुदैन किनकि हामी यो भन्दा माथि पुग्नुछ । कुनै पनि काम हामी लगनशीलतासंग गर्छौं भने हामीलाई समयले अवश्य साथ दिने कुरामा दुईमत छैन् । पैसा कमाउने काममा हामीले गलत बाटो अख्तियार आज गर्छौं भने भोली हामीलाई समयले साथ दिनेछैन् । आज हामीले समयलाई चिन्न नसक्नुको कारण हामी पछि परेका छौं । जे काम गर्नुछ समयमै गरौं नत्र नतिजा राम्रो देखिने छैन । समयमै गरेको कामको प्रतीफल समएले अवश्य दिनेछ ।

एक पटक आमा छोरीले सल्लाह गरेछन् । आमा बुढो भएकाले नानी म भदौसम्म अवश्य मर्छु होला तिमी पनि पोइल जान्छौं गरेको खेती कसले उठाउलान भनेर खेत रोपेनछन् तर आमा पनि मरिनछन् छोरी पनि पोइल नगएकाले भदौ असोजमा खेत रोप्दा हुन्थेवकी भन्दि रहिछन् यसैलाई भन्छन् समय ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

मानिसको औसत समय कसरी बित्छ ?

जाडो समयमा शरीर किन काम्छ ?

जडिबुटी उखाल्ने समय

शास्त्र भन्छ : सुत्ने समयमा यी ५ चिजहरु सिरानीमुनी राख्नुस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!