राजनीतिलेखहरु

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ? नेपालको वर्तमान अवस्थालाई नियालेर हेर्दा परिवर्तन त होइन तर स्वार्थको जालो बढेको देखिन्छ । हरेक व्यक्तिको सोच म कसरी ठूलो हुन सक्छु भन्ने मात्र रहेको वर्तमान अवस्थाले देखाएको छ । हिजो देशको समानुपातिक र भौगोलिक विकास गर्न राजसंस्थाले अवरोध गरेको थियो भनेर गणतन्त्र ल्याईयो तर यो गणतन्त्रले देशका जनताको मन जित्ने काम किन गर्न सकिरहेको छैन ?

आज विकास चाहेको भए मलाई लाग्छ खासै ठूलो कुरा थिएन तर यहाँ विकासमा भन्दा गोजी भर्नेतर्फ लाग्नु नै ठिक होला भन्नेतर्क राजनीति दलको हुनाले एक अर्कामा दोषारोपण गर्ने गरेको पाइन्छ । हामीले सवैभन्दा पहिले राष्ट्र र जनताप्रति वफादार रहेर काम गर्ने वातावरण तयार गर्न सकेको भए भोलीका दिनमा यो सिट सुरक्षित रहने थियो तर यसतर्फ समय छ लाभ उठाउँ भन्ने भावनाले गलतमाथि गलत हुदै गएको आभास भएको छ ।

घुस लिने र दिने राष्ट्रका दुश्मन हुन त भनियो तर लागु भने गर्न सकिएन किनकि मानिससंग समय छैन समयको कारणले गर्दा चाँडो काम गराउन घुस खुवाउने प्रथाको विकास भयो यसको ठोस कारण हो समयको बचत गर्न हिचकिचाउनु । आज देशप्रति भन्दा स्वार्थपूर्ति गर्न मानिसको झुकाव बढी हुनाले देश ओरालो लाग्दै गएको छ यसतर्फ समयमा ध्यान दिन नसके देशमा ठूलो दुर्घटना घट्न सक्ने अवस्था सिर्जना हुने कुरा सत्तारुढ दलका एकजना अध्यक्षले संकेत गरी रहेको देखिन्छ । केहि बुद्धिजीवीसंगको कुराकानीमा उहाँहरूको विचार बुझ्दा वर्तमान देशको अवस्थालाई नियालेर हेर्दा राजसंस्था र लोकतन्त्रमा के अन्तर छ भन्ने प्रसंगमा देशको विकास त होइन देश ओरालो लाग्यो भन्ने जवाफ पाइएको थियो।

कुनै पनि काम गर्दा भुत, वर्तमान र भविष्यलाई हेरेर अघि बढ्न सकेको भए परिवर्तन सम्भव थियो तर यहाँ सवै उल्टो सोचले जन्म लिएकाले व्यक्ति विकास भयो भोली कसैले सोच्न चाहेनन् तर यसको प्रतिफल सकरात्मक होइन नकरात्मक हुनेछ भन्ने वर्तमान अवस्थाले देखाएको छ । के हिजो राजसंस्था ढल्छ भन्ने कुरा कसैले सोचेको थियो तर पब्लिकले चाहेमा ढल्न सक्दो रहेछ भन्ने विचार राजनीति दलमा जाग्न सकेको भए राम्रो हुने थियो तर यस्तो देखिएको छैन ।

आज सबैको विचार केवल एक हुनाले परिवर्तन हुन सकेन । परिवर्तन त सबैले चाहेर मात्र सम्भव थियो । मानिस ठूलो हुनै सक्दैन किनकि समयलाई हामीले ठूलो मान्नुपर्छ । समयमा केहि गर्न सकेमा त्यसले सकरात्मक सोचको विकास गर्न सक्ने थियो तर आज हरेक व्यक्तिमा नकरात्मक चिन्तन हावी हुनाले देशको भविष्य अन्धकारतर्फ धकिलिदै गएको देखिन थालेको छ ।

नेपालमा लोकतन्त्र सफल हुन् गार्हो पर्ने अवस्था राजनीतिक दलहरुले आफै सिर्जना गर्दैछन भन्ने वर्तमान अवस्थाले देखाउन थालेको छ । अब केही समयमा फेरि नेपालमा नसोचेको परिवर्तन होला की भन्ने हामीलाई अनुभूति हुन् थालेको छ किनभने वर्तमान राजनीतिक अवस्थाले यस्तो संकेत देखाउन थालेको छ । नेपालमा जब जनचाहना अनुसार लोकतन्त्र आयो त्यति बेला सवैभन्दा ठूलो एजेण्डा विकासको हुनुपर्ने थियो तर भएन ।

यहाँ चाहेको भए पहिलो प्राथमिकता बन्द उधोग खोल्न र नयाँ नयाँ उधोग स्थापनातर्फ सरकारको ध्यान पुग्न सकेन देश हाक्नेहरू स्वार्थमा डुब्न थालेकाले उधोगमा भन्दा कर बढाउनतर्फ सबैको ध्यान गयो अरूले गरेको हेर्ने तर विकास गरौं भन्ने विचार कसैमा नजाग्ने भएकाले भएको ढुकुटी रितिदै जान थालेको छ । आम्दानी भन्दा खर्च बढी हुन थालेकाले नै देश ओरालो लाग्दैछ यसतर्फ सबैको ध्यान जान आवश्यक देखिन थालेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

हरेक नेपालीले बुझ्नुपर्ने कुरा

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

मेरो नेपाल गरीव होइन यसलाई हरीप बनाइएको हो ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!