आयुर्वेद

आयुर्वेदको भविष्य हुदैछ उज्ज्वल

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एलोपैथिकलाई पछार्दै आयुर्वेद अघि बढ्दैछ भन्दा कति आनन्द आउछ । कुनैबेला अव विश्व बजारमा आयुर्वेदिकको महत्व एलोपैथिक भन्दा हजारौं गुणा अघि बढ्ने संकेत भेटाइएको छ ।

भर्खरको प्राप्त समाचारमा आयुर्वेदिक एण्टिवायोटिकको प्रयोगबाट बैक्टीरिया-भाईरससंग लड्ने क्षमता आयुर्वेदिक एण्टिवायोटिकमा भेटिएको छ । हिजोसम्म कतिपयको विचारमा आयुर्वेदिकले ढिलो काम गर्छ भन्ने मानसिकतामा थिए भने अबको समय एलोपैथिक भन्दा आयुर्वेद कम छैन भन्ने कुरा प्रकाशमा आएको छ ।

आयुर्वेदमा पनि एण्टिबायोटिक औषधि विकसित भएको कुरा याहाँ राख्न पाउदा हामीलाई गर्ब महसुस भएको छ । एलोपैथिकका एण्टिबायोटिकको अत्यधिक प्रयोगले गर्दा रेजिस्टेड भएको अवस्थामा एउटामात्र विकल्प आयुर्वेद एण्टिबायोटिक भएको देखिन्छ ।

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स ) भोपालले गरेको एक अध्ययनमा आयुर्वेदिक ऐंटीबायॉटिक औषधि फिफाट्रोल एउटा प्रमुख बैक्टीरिया संक्रमणमा सफल भएको बताइएको छ । फिफाट्रोल नामको आयुर्वेदिक औषधिको प्रयोगले बैक्टिरियासंग लड्न सक्ने भेटिएको छ भनेको छ ।

शोधकर्ता टिमका प्रमुख एम्स भोपालका निर्देशक डा. समरन सिंहको भनाइ अनुसार आयुर्वेदमा प्रतीरोधक क्षमता बढाउने खुबी रहेको देखियो । फिफाट्रोल नामक आयुर्वेदिक औषधिको प्रयोगबाट बैक्टिरियासंग लड्ने क्षमता भेटिएको छ ।

एम्स भोपालले आफ्नो शोधमा फिफाट्रोलले स्टेफिलोकोकस प्रजातिको बेक्टिया धेरै नै शक्तिशाली हुन्छ यस्ता प्रजातीका थुप्रै बैक्टीरिया जसमा अनेकौं आरियस, एपिडर्मिस, स्पोफिटिकस नामका बैक्टीरिया देखिन्छन् ।

यस्ता तिनै प्रकारको बेक्टिरियामा आयुर्वेदिक एण्टिबायोटिक फिफाट्रोल को प्रयोगले बेक्टिरियामा सफल उपचार रहेको प्रमाणित भएको छ । सिफाट्रोलको प्रयोगबाट निमोनिया, एरोजेन आदि बैक्टीरियामा समेत ठिक भएको देखिएको छ ।

फिफाट्रोल नामक औषधिको फार्मुला १३ प्रकारको जडिबुटी मिलाएर बनाएको देखिन्छ । तर १३ प्रकारको एउटा एन्टी माइक्रोबियल सलूशनमा सबैभन्दा महत्वपूर्ण जडिबुटी ५ प्रकारको छ । एमिल फार्मास्यूटिकल्स द्वारा तयार गरेको फिफाट्रोलमा सुदर्शन वटी, संजीवनी वटी, गोदांती भस्म, त्रिभुवन कीर्ति रस र मृत्युंजय रस मिसाएको देखिएको छ ।

बाँकी आठ जडिबुटीमा तुलसी, कुटकी, चिराइतो, मोथा, गिलोय, दारुहल्दी, करंज र अपमार्ग रहेको छ । यस्ता जडिबुटी हाम्रो देशमा प्रशस्त रहेको छ । हामीले आयुर्वेदलाई थोरै ध्यान दिन सके एलोपैथिक औषधि खानुपर्ने झण्झटबाट मुक्ति मिल्ने संकेत उपरोक्त अध्ययनले पुष्टि गरेको छ ।

यो पनि पढनुहोस्

बाथ रोग र यसको उपचार

छाती किन दुख्छ ? यस्तो छ यसको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!