स्वास्थ्य

भिटामिन के (Vitamin K) को कमीले हुन सक्छ रक्तस्राव

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भिटामिन के (Vitamin K) मानव स्वास्थ्यको लागि महत्वपूर्ण औषधिको रूपमा मानिएको छ । हाम्रो शरीरमा यसको कमी भएमा सामान्य चोट लाग्दा पनि अनावश्यक रक्तस्राव हुने गर्दछ । यदि हाम्रो शरीरबाट बगेको रगत ब्लड क्लॉटिंग नभएमा बगि रहने हुन्छ । ब्लड बढी नबगोस भन्नाका लागि Vitamin K भिटामिनको आवश्यक हुन्छ ।

Vitamin K को अर्को सवैभन्दा ठूलो जोखिम भनेको आन्तरिक रक्तस्राव कहिले काही बाहिर बगेको रगत त हामी देख्छौं तर भित्र बगेको रगत देख्दैनौ यस्तो अवस्थामा हाम्रो शरीरलाई Vitamin K ले रगत जम्ने बाक्लो हुने हुनाले रक्तस्राव हुनबाट बचाउन ठूलो भूमिका निर्बाह गरेको हुन्छ ।

आजको लेखमा मैले Vitamin K बारे प्रकाश पार्नेछु । गर्भवती महिलामा यसको कमी भएमा पनि जोखिम हुन सक्छ । Vitamin K पाइने स्रोतबारे सबैले जान्न आवश्यक छ । हाम्रो करेसा बारीमा उत्पादन गर्न सकिने पत्ता गोभ, ब्रोकाउली, पालक, शलजम, चुकंदर दैनिक खानामा प्रयोग गर्न सके असमयमा हुने रक्तस्राप रोक्न ठूलो मद्दत गर्दछ ।

हाम्रो शरीरलाई दैनिक Vitamin K कति हुन्छ आवस्यक

१. ०-६ महिनासम्म २ माइक्रोग्राम प्रतिदिन
२. ७ देखि १२ महिनासम्म २.५ माइक्रोग्राम प्रतिदिन
३. १ देखि ३ बर्षको बच्चामा ३.० माइक्रोग्राम प्रतिदिन
४. ४ देखि ८ बर्षको बच्चामा ५५ माइक्रोग्राम प्रतिदिन
५.९ देखि १३ बर्षको उमेर सम्म ६० माइक्रोग्राम प्रतिदिन
६. १४ देखि १८ बर्षको उमेरमा ७५ माइक्रोग्राम प्रतिदिन
७. १९ देखि माथि ९० माइक्रोग्राम प्रतिदिन Vitamin K आवश्यक भएको हुन्छ ।

Vitamin K दुई प्रकारको हुन्छ १ । Vitamin K १ र २ । Vitamin K १ फल, साग सब्जीमा बढी पाइन्छ भने Vitamin K २ भने पशुको दूध र दूधबाट बनेका परिकारहरूमा पाइन्छ ।

नोट : आजकाल Vitamin K बनी बनाएको पनि पाइन्छ तर यसको कमीलाई करेसाबारीमा उत्पादन गरेका तरकारी नै बढी उपयोगी हुने हाम्रो ठहर छ ।

यो पनि पढनुहोस्

बाथ रोग र यसको उपचार

छाती किन दुख्छ ? यस्तो छ यसको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!