धर्म-सस्कृति

आज श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजा

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँने गरिन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।

आज सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् ।

सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजा-आजा गर्न भक्तजन, खासगरी छात्र-छात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको ७ गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

अन्य देवीको तुलनामा सरस्वती देवीको पुजा विद्याकी देवीको रूपमा मनाउने प्रमप्रा नेपालमा बढी देखिएको छ। आजको दिनलाई सरस्वती देवीको आराधना गरौं । जय सरस्वती माता !

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!