आयुर्वेद

यस्ता छन् कंटकारी (Solanum) का फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कंटकारीका थुप्रै प्रजातीहरू छन् । यसका मुख्यतय तीन प्रजातिमा १. सानो कंटकारी (Solanum Virginiannum Linn.), २.ठूलो कंटइकारी (Solanum Anguivi Lam.) र ३.सेतो कंटकारी (Solanum Lasiocarpum Dunal) को प्रयोग मानव स्वास्थ्यमा बढि प्रयोग हुने गरेको पाइन्छ ।

यसका फाइदाहरू यस्ता छन्

कंटकारीमा ग्लाइकोसाइड्स, प्रोटीन, सैपोनिन्स, लेवोनोएड्स, पोटैशियम, कैल्शियम, मैग्नीशियम, फास्फोरस आदि पाइन्छ । मानव स्वास्थ्यका लागि अति महत्व पोसक तत्व यस्मा पाइने हुनाले र यस्ता पोसक तत्वको अभावमा थुप्रै विरामी हुने खतरा बढेको हुन्छ।

कंटकारीको प्रयोगबाट निको हुने रोगहरू

कंटकारी १. दम
दमको रोग यदि कसैलाई छ भने कंटकारीको सवै पार्ट सुकाएर राख्ने ३-६ ग्राम जति पाउडरलाई महमा राखेर चाट्ने ।

२. खोकी

खोकी लागेको अवस्थामा १५-२० मिलीग्राम पंचांगको काढ़ा १ ग्राम कालो मरिचमा मिलाएर दिनमा २ पटक खानाले निको हुन्छ ।

३. जोर्नी दुख्ने रोगमा

२०-३० मिलीग्राम जति पातको रसको काढामा १ ग्राम जति कालो मरिच मिलाएर सेवन गराउदा निको हुन्छ ।

४. पिसाब नलीमा पत्थरी अडकेमा

कन्थकारीको रस बनाएर १०-१५ मिलीग्राम पिउनाले झार्दछ ।

५. फेसको कालो पोतो र पिम्पल्समा मसिनो गरि लेप फेसमा लगाउनाले निको हुन्छ ।

नोट : कंटकारी जडिबुटीबाट होम्योपैथीकले मदर टिंचर बनाएर मार्केटमा ल्याएको छ । बनाउन गारो लागेमा बनी बनाएको औषधि खरिद गरेर पनि लाभ उठाउन सक्नु हुनेछ । राम्रो जर्मनी मेडको Solanum Mother Tincture Q खरिद गरेर उपरोक्त फाइदा लिन सक्नु हुनेछ । यो औषधि होम्योपैथीक पसलमा उपलब्ध छ । यस्ता औषधि प्रयोग गर्नुपुर्ब डाक्टरको परामर्श लिएर गर्दा राम्रो हुनेछ ।

यो पनि पढनुहोस्

बाथ रोग र यसको उपचार

छाती किन दुख्छ ? यस्तो छ यसको घरेलु उपचार

भिटामिन के (Vitamin K) को कमीले हुन सक्छ रक्तस्राव

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!