आयुर्वेद

गुडूची (Tinospora Cordifolia) को फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदिक गुडूचीलाई जडिबुटीको राजा भन्दा हुन्छ । यो घरको गमलामा लगाउन सकिने जडिबुटी अन्तर्गत पर्दछ । हामीले यसको फाइदा जान्न नसक्नाले प्रयोग बिहिन देखिएको छ । गुडूची जडिबुटीका थुप्रै फाइदाहरू छन् जसको जानकारी यो लेखमा पस्कनेछौं ।

गुडूचीको सवैभन्दा महत्वपूर्ण जानकारी यहाँ दिन गई रहेको छु । यो हो जस्तै निमको बोटमुनि गुडूची लगाई दिनुस् त्यसले निमलाई बेर्दै जाने गर्दछ र निमको सम्पुर्ण गुण गुडूचीमा समाहित हुने गर्दछ । गुडूची जहाँ निम दिनुपर्ने हुन्छ त्यहाँ पनि यसले काम गर्दछ ।

आधुनिक विज्ञान र अनेकौं शोध अनुसार गुडूचीको प्रयोगले अनेक प्रकारको रोगबाट बचाउन राम्रो भूमिका खेलेको पाइन्छ । गुडूचीको Researchers मा Anti-inflammatory, Analgesic, Antipyretic जस्ता रोगमा पनि फाइदा गर्ने गरेको प्रमाणित भइसकेको छ । गुडूचीमा Immune Booster जस्ता अनेक गुण भेटिएको छ ।

आउनुस यस्ता छन् गुडूचीका अन्य फाइदाहरु

१. गुडचीको प्रयोगबाट Viral Fever को रोग समेत निको गराउन सकिने भनेको छ । Viral Fever का कारण शरीर दुख्ने समस्यामा समेत यसको प्रयोगले निको हुने गर्दछ ।

२. आजकाल डेंगुको माहामारी फैलिएको अवस्थामा पनि यसले राम्रो फाइदा गर्दछ । स्वाइन फ्लू जस्ता रोगमा समेत गुडूचीको प्रयोगबाट निको हुन सक्ने देखिएको छ ।

३. गुडूचीको प्रयोगले ब्लड सफा गर्ने काम पनि गर्दछ ।

४. गुडूचीको नियमित प्रयोग गर्नाले कोलेस्ट्रोल नर्मल हुनुको साथै सुगर रोगमा समेत राम्रो फाइदा गर्दछ ।

५. जस्तोसुकै ज्वरो आएको बेलामा गुडूचीको प्रयोगले निको गराउदछ ।

Fever : Acute or chronic malaria fever, temperatures rises in the afternoon with chill and shivering, bilious Vomiting with thirst and headache. Chronic slow fever with history of gonorrhea and weaknesses due to seminal loss. Bad effect of quinine which causes continuation of fever with burning in hands and face, jaundice etc.

नोट : यो जडिबुटीबाट होम्योपैथीक कम्पनीले Tinospora Cordifolia नामको औषधि बनाएर बजारमा ल्याएको छ । यस्ता जडिबुटी हाम्रो देशमा फालिएको छ । यसरी प्रयोग गराउन सके थोरै पैसामा ठूला ठूला रोग निको गराउन सकिने देखिन्छ । वैद्यकिय या होम्योपैथीक डाक्टरको निरीक्षणमा यो औषधि खानु भएमा राम्रो हुनेछ ।

यो पनि पढनुहोस्

यस्ता छन् कंटकारी (Solanum) का फाइदाहरु

छाती किन दुख्छ ? यस्तो छ यसको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!