जीवनशैली

रिस नियन्त्रण गर्ने उपायहरु

भनिन्छ रिस हो मानिसको शत्रु, रिसैले सव नासिने, रिसैले उठ्छ झगडा, रिसैले सव भासिने । त्यसैले मानिसले रिसलाई नियन्त्रण गर्नु नै बुद्धिमानी मानिन्छ । रिस ज्यादै शक्तिशाली भाव हो । रिसाएका बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । रिसको झोंकमा धेरै कुटपिट, हिंसा र हत्या हुने गरेका छन् । कहिलेकाहीं त कसरी यति धेरै ठूलो घटना भयो भन्ने पनि रिसाएको मानिसलाई थाहा हुँदैन । रिसकै कारण घरमा कुटपिटका घटना हुन्छन् र कहिलेकाहीं सिकिस्त हुने गरी कुटपिट गर्ने, मट्टीतेल खन्याएर आगो लगाउने र कसैको ज्यान समेत लिने प्रयास भइरहेको हुन्छ । त्यस्तै गरेर परिवारमा कलह, झगडा, अनमेल, पारपाचुके र केटाकेटीमा ज्यादै नकारात्मक भाव उत्पन्न हुने प्रमुख कारण पनि रिसाउने, झगडा गर्ने र कुटपिट गर्ने हो। रिस नियन्त्रण गर्ने उपायहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

रिस कसरी नियन्त्रण गर्ने ?

रिसालु श्रीमतीलाई फकाउने टिप्सहरु

स्वस्थकर जीवनको लागि यस्ता छन् हाँस्नुका फाइदाहरु

लभ हर्मोन ‘अक्सिटोसिन’ बारे रोचक तथ्यहरु

१. एकदेखि सयसम्म गन्नुहोस्

यदि तपाईलाई रिस उठेको छ भने एक देखि सयसम्म गन्नुस्। रिसले चुर नै हुनुभएको छ भने एकदेखि एकसम्म गन्नुस्। ती गन्ती गन्दा बिस्तारै तपाईंको रिस पनि मर्दै जान्छ ।

२. लामो श्वास फेर्नुहोस्

जब रिस उठ्छ छिटो छिटो श्वास बढ्न थाल्छ। रिस उठ्दा बिस्तारै नाकबाट लामो गहिरो श्वास लिने र छोड्ने गर्नुहोस्। रिस शान्त हुन्छ।

३. हिँड्ने बानी गर्नुहोस्

व्यायामले नसाहरूलाई संयमित पार्नुका साथै रिसलाई पनि कम पर्छ । हिँड्ने बानी गर्नुहोस्, बाइक चलाउनुहोस् वा केही खेल खेल्नुहोस् । आफ्ना अंगहरूलाई सक्रिय बनाइ राख्नुहोस् । त्यसले शरीर र दिमागलाई राम्रो गर्छ ।

४. सिर्जनात्मक कुरा अपनाउनुहोस्

तपाईंको रिसलाई सिर्जनात्मक कुरामा लगाउनुस् । मुड अफ भएको बेला जस्तै पेन्टिङ, गार्डेनमा समय बिताउनुहोस् या केही गीत, कविता कोर्न सक्नुहुन्छ । रिस उठेको बेला आफ्नो सिर्जनात्मक सीपलाई प्रयोग गर्नुहोस् ।

५. जिउ तन्काउनुहोस्

रिस लागिरहेको छ भने घाँटी तथा जिउ तन्काउनुहोस् । कुनै योगको आसन गर्नसक्नुहुन्छ, जसले शरीर र भावनाहरूलाई नियन्त्रण गर्छ । यति गर्नलाई अरु केही सरसमानका जरुरत पर्दैनन् ।

६. मानसिक उल्झनबाट बाहिर हुनुहोस्

चुपचाप शान्त कोठाभित्र बसेर आँखा बन्द गर्नुहोस् र आफूलाई एकदमै रिल्याक्स गरेको दृश्य कल्पिनुहोस् । जस्तैः कुनै रमाइलो हरियाली दृश्य सम्झिनुहोस् । जहाँ पोखरी छ, पोखरीको पानी कुन रंगको छ ? चराचुरुंगीको आवाज कस्तो आइराखेको छ ? यी इत्यादि दृश्यहरू आँखा बन्द गरेर महसुस गर्नुभयो भने रिस छिट्टै मर्छ ।

७. गीत सुन्नुहोस्

संगीत कसलाई मनपर्देन र? राम्रो गीत सुनियो भने मुड अन हुन्छ । रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्नुस् र आफ्नो भावना बहलाउनुहोस् । इयरफोन लगाएर सुन्नुस् या कोठामा घन्काएर सुन्नुस् । मुड फ्रेस बनाउनहोुस् यसले तपाईंको चिन्ता रिस छिनभरमै हराउन मद्दत गर्छ ।

८. चुप लागिदिनुस्

तात्तातो रिसको बेला मान्छेले जथाभावी बोल्न थाल्छ यसले राम्रो होइन आफैलाई हानी पुयाउँछ । रिस उठिराखेको बेला केही शब्द भन्न लागेपनि मान्नुस् की तपाईको ओठमा गम टाँसिएको छ, बोल्न सक्नुहुन्न । यसरी चुपचाप भएको बेला तपाईंले गलत या सही छुट्याउन समय पाउनु हुन्छ ।

Like & Follow us on Facebook

९. आफूलाई एक्लै छोडिदिनुहोस्

आफूलाई समय दिनुस् । अरुभन्दा अलग बस्नुहोस्। यतिबेला सम्म रिस शान्त भएर तपाई सामान्य अवस्थामा फर्किन सक्नुहुन्छ । यो तपाई दैनिक तालिकाको रुपमा लागू गर्न सक्नुहुन्छ ।

१०. लेख्ने बानी गर्नुहोस्

जुन कुरा भन्न सकिँदैन त्यसलाई पक्कै पनि लेख्न सकिन्छ । रिस लागेको बेला के महसुस भइरहेको छ र कस्तो प्रतिक्रिया जनाउन मन लागेको छ मजाले लेख्नुहोस् । आफ्नो कुरा कापीमा लेख्दा मन शान्त हुन्छ ।

११. साथीसँग मनको कुरा भन्नुहोस्

जुन कुराले रिस उठेको छ त्यही कुरामा नझुन्डिनराख्नुस् । आफ्नो विश्वासिलो र सहयोगी मित्रलाई आफ्नो कुरा सेयर गर्नुस् जसले गर्दा तपाईको असन्तुष्टिलाई नयाँ मोड दिन सक्छ ।

१२. मज्जाले हाँस्नुहोस्

खराब मुड जस्तो नराम्रो त अरु के हुन सक्ला र आफ्नो रिसलाई शान्त पार्न हसाउने र रमाइलो कुराको खोजीमा लाग्नु हो ।

१३. चिठी लेख्नुहोस्

तपाईंलाई जसले रिस उठाएको छ उसलाई चिठी या इमेल लेख्नुहोस् र फेरि डिलिट गर्दिनुहोस् । आफ्नो मन लागेको कुरा ओकल्दा त्यो कसैले सुनोस् वा नपढोस् मन आनन्दित बनाउँछ ।

१४. केही मनपरेको शब्द मन्त्रको रुपमा उच्चारण गर्नुहोस्

आफूले मन परेका शब्द वा वाक्य खोज्नुहोस् र त्यसमा एकाग्र हुने कोसिस गर्नुहोस् । त्यो शब्द मन्त्रको रुपमाबारम्बार दोहोयाउनहोुस् । जस्तै म ठिक हुनेछु । सजिलै रुपमा लिऔं आदि ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!