हेल्थ टिप्स

स्वस्थकर जीवनको लागि यस्ता छन् हाँस्नुका फाइदाहरु

भनिन्छ जो हाँस्छ, उही बढी बाँच्छ । विज्ञका अनुसार स्वस्थ रहन दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नुपर्छ । स्वस्थकर जीवन जिउनु तथा मेहेनतको कमाइ खानुको मज्जा नै बेग्लै हुन्छ । हाँसेर जिन्दगी जिउन पाउने भाग्यमानीहरू कमै हुन्छन् किनकी यो दुनियामा एउटा न एउटा दु:ख सवैलाई हुन्छ । हाँस्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ भन्ने वैज्ञानिक तथ्यलाई समेत कदर गर्दै आएको छ । यो हामीलाई थाहाँ छ । तैपनि हामी हाँस्न कञ्जुस गर्छौ । कुष्ठा, आवेग, इष्र्या, दुख, पीडा जस्ता तत्व हावी भएपछि हामीलाई हाँस्न मन लाग्दैन वा हाँस्न सक्दैनौ । जबकी हाँस्दा यी मनोविकार पनि हट्ने बताइन्छ । स्वस्थकर जीवनको लागि हाँस्नुका फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

काँचो केरा खानुका फाइदाहरु

सरिफा खानुका फाइदाहरु

निगुरो खानुका फाइदाहरु

च्याउका खानुका फाईदाहरु

चिप्ले भिन्डी खानुका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

बेथेको साग र यसका फाइदाहरु

फाइदाहरु

१. रक्त प्रवाह

खुलेर हाँस्दा शरीरमा रक्त प्रवाह राम्ररी हुन पाउँछ । जब हामी हाँस्छौ, शरीरमा अक्सिजन पुग्छ । अक्सिजनले मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत गर्छ ।

२. प्रतिरक्षा प्रणाली बलियो

हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै रोग प्रतिरोधी क्षमता वृद्धिमा पनि सहयोग पुर्याउँछ । स्वास्थ्य जीवनका लागि हाँस्नैपर्छ ।

३. अनिन्द्राको औषधी

यदि अनिन्द्राको समस्या छ भने, खुब हाँसौ । यसले शरीरमा मेटलाटोनिन नामको हर्मोन बनाउँछ । यो हर्मोनले निन्द्रा लाग्न सहयोग गर्छ ।

४. मुटुलाई फाइदा

हाँस्दा हाम्रो मुटुले राम्ररी काम गर्न पाउँछ । साथै नियमित रुपले हाँस्दा हृदयघातको खतरा रहँदैन । हृदयसँग सम्बन्धित रोग पनि लाग्दैन ।

५. जवान र सुन्दर देखिने

जवान र सुन्दर देखिने चाहाना जो कोहिलाई हुन्छ । यो चाहाना पुरा गर्ने एउटा माध्याम हो, हाँसो । जब खुलेर हाँसिन्छ, अनुहारको मांसपेशीले राम्ररी काम गर्छ । यसले गर्दा अनुहारको चारैतर्फ रक्तप्रवाह हुन्छ । यसले सुन्दर र जवान देखिन्छ ।

६. तनाव हटाउने

तनाव हटाउनका लागि सबैभन्दा राम्रो एवं प्राकृतिक औषधी हो, हाँसो । हाँस्दा हाम्रो मुड परिवर्तन हुन्छ । यसले तनाव हटाइदिन्छ ।

Like & Follow us on Facebook

७. शरीरमा ताजा हावा

जब हामी हाँस्छौं, तब फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति राम्ररी हुन पाउँछ । हाँस्दा इनर्जी पनि मिल्छ ।

८. तौल घटाउन

यसले तौल घटाउन पनि सहयोग पुग्छ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो।

९. ऊर्जाको विकास

हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । जसले हाम्रो शरीरमा स्वतः ऊर्जाको विकास हुन्छ।

१०. सम्बन्ध सुमधुर

मुस्कुराउने वा नरम हुनाले एक-अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ । जो व्यवसायीका लागि सकारात्मक पक्ष हो । हँसिला मानिस मात्र व्यवसायमा सफल हुन्छन् भन्ने प्रमाणित भइसकेको तथ्य हो।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!