चिकित्सा विज्ञान

थालासेमिया रोग र यसको उपचार

थालासेमिया हेमोग्लोबिन उत्पादनमा समस्या उत्पन्न हुने, रगतसम्बन्धी देखापर्ने रोगमध्ये अति नै अप्ठ्यारो आनुवंशीय रोग हो । थालासेमिया रोगमा हुने फलाम तत्वको अधिकता रगत ट्रान्स्फ्युजनको कारणले हुन्छ तर बिरामीले खाएको खानाबाट शरीरले अवशोषण गर्ने फलाम तत्व पनि महत्वपूर्ण छ । खानाबाट हाम्रो शरीरमा सानो मात्रामा फलाम तत्व अवशोषित हुन्छ । यदि रगतमा हेमोग्लोबिनको तह कम छ भने अवशोषित हुन्छ । यदि रगतमा हेमोग्लोबिन तह कम छ भने अवशोषित फलाम तत्वको मात्रा उच्च हुन्छ । देशभर करिब ६०० भन्दा बढी बिरामी हुनसक्ने सोसाइटीको अनुमान छ । सन् १९२५ मा विश्वमा पहिलोपटक थालासेमिया रोग देखा परेको थियो । यो रोग शरीरमा राम्रोसँग रक्तकोषको विकास हुन नसक्दा देखापर्छ ।

यो पनि पढनुहोस्

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

दाँतको रोग र उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

रोग लाग्नुका कारणहरु

अनुवंशीय रोग भएकाले आमाबुबा दुवैतर्फको वंशाणुगत गुण बच्चामा आउँछ । यो रोग बच्चामा छ कि छैन भनेर गर्भ रहेको आठदेखि १२ हप्तामा शिशुमा यो रोग छ छैन भनेर जाँच गर्न सकिन्छ । समाधानको अरु उपाय नभएकाले बच्चा जन्माउँदा परीक्षण गर्नु नै उत्तम उपाय हो । चिकित्सकका अनुसार बच्चा जन्मिएको चारदेखि छ महिनादेखिनै रोगको लक्षण देखापर्न थाल्छ । समयमै पहिचान भएन भने रगतको कमी भई मुटुको समस्या तथा इन्फेक्सन भएर मृत्यु समेत हुन सक्छ ।

लक्षणहरु

१. बालबालिकालाई दूध चुस्न समस्या हुने

२. बालबालिकाको वृद्धि विकासमा कमी, नफष्टाउनु

३. पेट ठूलो हुँदै जानु, बच्चामा रगतको कमी देखिनु

४. अनुहार फुस्रो, हत्केला, पैताला, ओठ सेतो देखिनु

५. बच्चामा झिंझोपन, खाना नखाने

Like & Follow us on Facebook

उपचार

यो रोग लागेपछि रगत कम हुने हुँदा बिरामीलाई समय समयमा रगत दिनुपर्ने हुन्छ । यसको मुख्य उपचार बोनम्यारो प्रत्यारोपण भए पनि नेपालमा सहज नभएकाले बिरामीलाई रगत दिने गरिएको छ । तीनदेखि चार हप्ताको फरकमा नियमित रगत दिनुपर्ने हुन्छ । बिरामीलाई समयमै रोगको पहिचान गरेर रगतभित्रको मासी अर्थात् बोनम्यारो प्रत्यारोपण गर्नु नै उपचारको उपाय हो । निरन्तर रगत चढाइरहँदा शरीरमा आइरनको मात्रा बढी हुन्छ जसलाई काट्न औषधि सेवन गर्नुपर्छ । रगत चढाइरहँदा आइरन बढी भएर मुटुमा, कलेजोमा जम्मा हुन्छ, हड्डी खोक्रो हुन्छ र काम गर्न छोड्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!