खानपान

आरुवखडा खानुका फाइदाहरु

आरुवखडा स्वादिलो र रसिलो मौसमी फल हो । आरुवखडामा पर्याप्त मात्रामा भिटामिन सी रहेको हुन्छ जसले हाम्रो प्रतिरोधात्मक क्षमताको विकास गर्छ। यसलाई उमार्न, फलाउन, भण्डारण गर्नका लागि किटनासक वा रसायनको प्रयोग गरिदैन । अनुकुल हावापानी र उर्बर माटोमा आरुवखडा राम्ररी फल्छ । त्यसैले यो पूर्णत जैविक फल पनि हो ।आरुवखडा खानुका फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

काँचो केरा खानुका फाइदाहरु

सरिफा खानुका फाइदाहरु

निगुरो खानुका फाइदाहरु

च्याउका खानुका फाईदाहरु

चिप्ले भिन्डी खानुका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

बेथेको साग र यसका फाइदाहरु

१. खासगरी आरुवखडामा एन्टिअक्सिडेन्टको मात्रा पाइन्छ । यसैगरी फाइबर तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन सि, पोटासियम, बेटा कारोटिन, खनिजतत्व पनि पाइन्छ । आरुवखडामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले अल्जाइमर जस्ता रोगको सम्भावना कम गर्छ ।

२. आरुवखडामा फाइबर हुने भएकाले कब्जियतको समस्या हटाउन सहयोग गर्छ । पेट सम्बन्धीको समस्या वा पाचनको समस्या हटाउन आलुवखडा उपयोगी हुन्छ ।

३. यसमा फाइबरसहित सोर्विटोल तथा इसाटिन भन्ने तत्व पनि हुन्छ, जसले प्राकृतिक रुपमा पाचन प्रणालीलाई चुस्त राख्न सहयोग गर्छ ।

४. आरुवखडा मधुमेह रोगीका लागि समेत उपयोगी हुने बताइन्छ । यसमा ग्लुकोजको मात्रा कम हुने भएकाले मधुमेह रोगीले खान सक्छन् । अझ यसले मधुमेह नियन्त्रणमा सहयोग गर्छ भनिन्छ ।

५. रातो निलो देखिने अरुवखडामा एन्थोसायनिन नामको तत्व पाइन्छ । यसले क्यान्सरको कारण मानिने हानिकारक फ्रि र्‍याडिकल्सहरुको सफाई गर्ने बताइन्छ । यसैगरी स्तन क्यान्सरको संभावना पनि यसले कम गर्छ ।

Like & Follow us on Facebook

६. आरुवखडामा भिटामिन सि पनि पाइन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा कम क्यालोरी हुने भएकाले मोटोपन घटाउन सहयोग गर्छ । छालाको लागि पनि यो फाइदाजनक हुन्छ ।

७. आरुवखडामा यसमा भिटामिन सी, ए, के, बी ६, का साथै पोटासियम, बेटा-कारोटिन, खनिज आदि तत्वहरु पाइन्छन् जो हाम्रो स्वास्थ्यका लागि अपरिहार्य छन् ।

८. यसमा अक्सालेट्स भन्ने तत्व हुने भएकाले पत्थरी र मृगौला तथा पिसाब सम्बन्धी समस्या भएकाले नखाँदा राम्रो हुन्छ। आरुवखडा खाएपछि उपयूक्त मात्रामा पानी पिउनुपर्छ।

९. आरुवखडाले हाम्रो रक्तचापलाई सन्तुलनमा राख्छ र हृदयघात हुने सम्भावनालाई पनि कम गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!