खानपान

गाजर खानुका यस्ता छन् फाइदै फाइदाहरु

गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुनथाल्छ ।

दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । सलाद, अचार बनाएर वा खाली चपाएर पनि हामीले गाजर खाइरहेका हुन्छौँ । देख्दा पनि राम्रो र खाँदा पनि मीठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अंग नै बनेको हुन्छ। हामीले खाइरहेको गाजरका फाइदाका बारेमा सबैलाई जानकारी नहुँन सक्छ। आज हामी तपाईलाई गाजर खानुको फाइदाका बारेमा केही जानकारी दिनेछौ ।

१. आँखाको शक्ति बढाउँछ

गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ। गाजरमा प्रसस्तै बिटा क्यारोटिन नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ। गाजरको नियमित सेवनले भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ।

२. क्यान्सरबाट बचाउँछ

अध्ययन अनुसार गाजरको सेवनले कलेजो, स्तन तथा आन्ध्राको क्यान्सरको खतरा कम गर्छ। गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ।

३. बुढ्यौली रोक्छ

यद्यपि बुढ्यौली सर्वव्यापी सत्य हो । तर नियमित रुपमा गाजर खानाले बैँशमै बुढो देखिने समस्या कम हुन्छ। अर्थात् गाजरले मानिसलाई जवान बनाउँछ । गाजरमा हुने एन्टीअक्सिडेन्ट नामक तत्वले कोषको क्षयीकरण रोक्छ र बुढ्यौलीका लक्षण कम गर्छ।

४. छालाको चमक बढाउँछ

भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामले डढ्नबाट बचाउँछ । गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन्।

५. घाउ निको पार्छ

गाजरलाई लेदो बनाएर चोटपटक वा घाउमा लेप लगाएमा घाउमा संक्रमण हुन पाउँदैन र घाउ छिटो निको हुन्छ।

६. सुन्दरता

अनुहारको सुन्दरताका लागि गाजरको लेप बनाएर मज्जाले लगाउने, केहीबेर राख्ने र पखाल्ने गर्न सकिन्छ। यसो गरेमा अनुहारको छाला चमकदार बन्छ र विभिन्न खाले धब्बा पनि हट्छन्।

७. हृदयरोगबाट बचाउँछ

गाजरमा बिटा क्यारोटिन, अल्फा क्यारोटिन तथा ल्युटिन जस्ता तत्व पाइन्छ जसले मुटुका विभिन्न रोगको जोखिम कम गर्छ। गाजरको नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्छ। गाजरमा प्रसस्त फाइबर पनि पाइन्छ।

८. विषाक्त पदार्थ निष्काशन

गाजरले सरीरमा भएका विषाक्त पदार्थ निष्काशन गर्न सहयोग गर्छ। गाजरमा पाइने भिटामिन ए ले विषाक्त पदार्थ निष्काशन गर्न कलेजोलाई सहयोग गर्छ। यसले कलेजोमा बोसो र पित्तको मात्रा घटाउँछ, साथै आन्ध्रालाई पनि सफा गर्न मद्दत गर्छ।

९. दाँत गिजा बलियो

नियमित रुपमा गाजर खानेको दाँत, गिजा तथा मुख सफा हुन्छ। मज्जाले गाजर चपाएर खाँदा दाँत सफा हुन्छ र दाँतको बिचमा अड्किएका खानाका टुक्रा पनि निस्कन्छन्। गाजर खाँदा प्रसस्तै र्याल पनि निस्कन्छ। यो क्षारिय हुने भएकाले मुखमा अमिलोपनबाट उत्पन्न हुने जिवााणु कम गर्नुका साथै पाचन प्रक्रिया पनि ठीक राख्छ। मुख गन्हाउने, तथा दाँत किराले खाने जस्ता समस्याबाट मुक्ति पाउन पनि नियमित रुपमा गाजर खानुपर्छ।

१०. हृदयाघातको खतरा कम

अमेरिकाको हार्वाड विश्वविद्यालयमा गरिएको अनुसन्धानले हप्तामा ६ वटा भन्दा बढि गाजर खाने मान्छेमा हृदयाघातको खतरा कम हुन्छ। (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्  

सिस्नु खानुका फाइदै फाइदाहरु

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

स्याउ र यसको फाइदाहरु

तामाको भाँडामा राखेको पानी पिउदाका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!