साहित्य-कला

म त भन्छु ध्यान गर

म त भन्छु ध्यान गर
आनन्दमा रहेर बस
खुब मस्ती गर !
सृष्टिको फुल सँग मुस्काउ
आफ्नो स्वभाव नेचुरल बनाउँदै जाउ
हास नाच गाउ रमाउदै भित्रभित्र
मत भन्छु ध्यान गर !
ध्यान गरे मन विचार भाव
शुद्ध र पवित्र हुँदै जान्छ
हाम्रो जीवन फुल जस्तै मुस्काउछ तर,
बीच बीचमा लामो लामो सास
फेर्न चै नबिर्स मेरा ध्यानी साथीहरु हो
आँखा बन्द गर र आफ्नो श्वासमा हेर
श्वास आउने जाने क्रम बढिरहेको छ
भित्र भित्र खुब मस्ती गर र आनन्द
आइरहेको अनुभुती गर
मत भन्छु आर्ट अफ लिविङ मा छिर !
संसार विचित्रको छ
जताततै डर चिन्ता भय तनाव
आफू लाई चिन्दैनन् बुझ्दैनन्
जीवन हेर त कति सुन्दर छ
प्रकृति को हरेक सृष्टि सँग
कृतज्ञ बन मत भन्छु ध्यान गर !
प्रकृति को अनुपम आवाजहरु सँग
उर्जासिल बनाउ सकारात्मक बनाउ जीवन
ध्यान गरे चेतना र प्रतिभाहरु र
ज्ञानको क्षेत्र बढ्दै जान्छ
मत भन्छु ध्यान गर !
आनन्दमा रहेर बस
खुब मस्ती गर र
सधै आफ्नो स्वभावमा रहेर बस !

* अमित संग्रौला झापामा बसेर कलम चलाउने युवा साहित्यकार हुन् ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!