साहित्य-कला

तिहार आयो

झिलीमिली बत्ति बलेको
कस्तो राम्रो देखिएको
सयपत्री र मखमली
ढकमक फुलेर
प्रकृतिलाई कति सुन्दरता
बढाएको छ
कस्तो राम्रो मौसम
कस्तो राम्रो वातावरण
आहा ! सबैको घर आँगनमा
तिहार आयो
यतिखेर आफ्नै घरको बरन्डामा बसेर
तिहारको मजा लिइरहेको छु
छिमेकीको घरमा
देउसीभैलो खेलीरहेका छन्
रमाइरहेका छन् मान्छेहरु
सबैको मनमा उत्साह छायो
उमङ्ग छायो खुसी आयो
किनकि यतिखेर
सबैको घरमा तिहार आयो
वर्षभरिको दुख बिर्सेर
प्रेम आत्मीयता भाइचारा बढाएर
दिदीबहिनीलाई सम्झेर
मिठोमसिनो खाएर
पिडाहरु भुल्दै तिहार मनाउने हो
खुसी हुने र खुसी बाड्ने हो
यो बेला सबैको घर घरमा
तिहार आयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!