मुख्य समाचारसमाचार

विपी प्रतिष्ठानमा विशेषज्ञ सेवाका लागि तीन विभाग थपिए

१९ पुस, धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभाग अन्तर्गत रहेका अन्य ३ विभागलाई छुट्टै शुरु गरिएको छ । एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भएपछि मुटु, फोक्सो, पेटसम्बन्धी छुट्टै विभाग बनाइएको छ । इन्टर्नल मेडिसिनलाई अहिले विभाजन गरी मेडिसिन कार्डियोलोजी विभाग, मेडिसिन पल्मोलोजी विभाग, मेडिसिन ग्याष्ट्रोेलोजी विभाग छुट्टै बनाइएको छ ।

कार्डियोलोजी विभागको प्रमुखमा मुटुरोग विशेषज्ञ प्रा. डा. प्रल्हाद कार्कीलाई जिम्मेवारी दिइएको छ । यस्तै फोक्सो सम्बन्धी विभाग पल्मोलोजीको जिम्मेवारी डा. नरेन्द्र भट्टलाई दिइएको छ । पेटसम्बन्धी ग्याष्ट्रोेलोजी विभागको प्रमुखमा डा. विक्रम श्रेष्ठ नियुक्त हुनु भएको छ । यसअघि सबै विभागको प्रमुखमा प्रा. डा. सञ्जीवकुमार शर्मा रहनुभएको थियो । उहाँलाई जनरल मेडिसिनको विभागीय प्रमुखमा यथावत राखिएको छ ।

प्रतिष्ठानले चाँडै मुटु र क्यान्सरका बिरामीका लागि विशेषज्ञ सेवा विस्तारका लागि छुट्टै भवन बनाउने तयारी थालेको छ । क्यान्सर रोगको शल्यक्रिया, किमोथेरापी र रेडियसन थेरापी सञ्चालनका लागि अमेरिकास्थित विनय फाउण्डेशनसँग केही दिनअघि सम्झौता समेत भएको छ । यो सेवा सञ्चालन भएपछि क्यान्सरका बिरामीले भरतपुर र काठमाडौँ जान नपर्ने अस्पतालले जनाएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!