साहित्य-कला

मेरो यस्तो समाधी होस

Amit Sangroula
अमित संग्रौला

जब म ध्यानमा हुन्छु

लाग्छ अध्यारो होइन चारैतिर

प्रकाशमय र ज्ञानमय छ

फुल फुलिरहेको छ

प्रकृतिमा बास्ना दिइ रहेको छ

लाग्दैछ म आत्माभित्र भ्रमण गरिरहेको छु

यस्तो लाग्थ्यो ध्यानभित्र म

समाधी खोज्दथे घरीघरी

तर मलाई कुनैपनि विचारले अड्काउदैन थियो

जुन आनन्दित र म पफुल्य हुन्थे

त्यस्तो खालको आनन्द खुसी

बाहिर दुनियाँमा म किन भेट्दिन

जब आँखा खोल्छु अनि सोच्छु

किन मान्छेहरु तनावमा र

दुखमा अशान्तिमा जिइरहेका छन्

कोही बुद्ध बनिरहेका छन् र

कोही बुद्दु बनिरहेका छन् यहाँ

जब आँखा बन्द गर्छु खुब

मस्ती र आनन्द अनुभुती गर्छु

भित्रभित्र म समाधी मा पुगिसकेको हुन्छु

फेरि सोच्दछु मैले यस्तो समाधी प्राप्त गरेर के काम

जुन यस्तो समाधी होस

यस्तो ध्यान लागोस

समाज देश परिवार मा सकारात्मक

बनाउन सकु अब देखि यस्तो ध्यान लाग्नेछ हो

मैले आँखा खुल्ला लाग्दा पनि

ध्यान लाग्ने छ समाधी हुनेछ हो

मेरो यस्तो समाधी होस

 

अमित संग्रौला, बिर्तामोड, झापा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!