साहित्य-कला

म कस्तो कस्तो छु

म फुलमा रमाउँछु

पातमा पनि रमाउँछु

तिमीलाई देखेर सारा

भुल्छु हो म कस्तो कस्तो छु

तिमीलाई देखेर कविता लेख्छु

गीत बनाउछु

प्राकृतिमा रमाउछु

हरेक सृष्टिमा फक्रन्छु

आजभोलि कस्तो कस्तो लागेको छ

दिन भन्दा पनि

रातलाई मन पराउछु

भिडभाड भन्दा पनि

एकान्तमा हराउने गर्छु

हो, प्रिय

म कस्तो कस्तो छु

तिम्रो छायामा

शितलता ताप्छु

हरेक रातको जून देखेर

म टोलाउने गर्छु

रात भन्दा पनि दिउसै

सपना देख्छु

म यस्तै छु

कस्तो कस्तो छु

आकाश तिर हेरेर

बादल हरु सँग रमाउने गर्छु

बर्षादमा पानी सँग रमाउने गर्छु

हो तिमीलाई देखेर

जतातही

सुन्दरता देख्छु

तिम्रो मेरो सुगन्ध देखी रहेको हुन्छु

आज भोलि

मलाई कस्तो कस्तो लागी रहेको छ

हरेक मौसममा शितल महसुस गर्छु

हो, आज मलाई अर्कै लागेको छ

भिन्न लागेको छ

माया लागेको छ

तिमी प्रति मेरो आशा छ

खुल्ला र मुक्त भएर सोचीरहेको छु

हरेकदिन जस्तै गरि

हे प्रिय म कस्तो कस्तो छु

*अमित संग्रौला युवा साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!