साहित्य-कला

पवित्र क्रान्ति

माईखोलाको किनारमा बसेर
शान्तिको गीत गाउँदैछु
एउटा नवीन क्रान्ति
आवाज बोल्दैछु
यहाँनेर पवित्र क्रान्ति उद्घोष गर्दैछु
कयौंपटक शान्तिको लागि
परेवाहरु उडाईयो
कतिपटक बलि चढाइयो
तर मैले देखेको र
कल्पना गरेको मेरो शान्तिको देश खोइ,
आज म यही खोलाको
किनारमा बसेर शान्तिको लागि
प्रार्थना गर्दैछु ,
तातो हावा सरि बगिरहेको छ
यस्तो पवित्र भुमिबाट
जुन प्रकृतिमा तिमी बाँचिरहेको छौ
हाँसीरहेको यहाँबाट बहने स्व्च्छ हावाको
अनुभुती गरेकाछौ जहाँ बाट तिम्रो
सृष्टि चल्छ त्यही प्रकृतिको तिमी
दहन गरिरहेकाछौ आज म
युद्ध गरिरहेको छु पवित्र क्रान्तिको
यतिखेर म पाइला -पाइलामा
परिवर्तन देख्दैछु नयाँ क्रान्ति
हुनलागेको अनुभुती गर्दैछु
हो भोलिपल्ट देखी नै
देशमा नयाँ बिहानी हुनेछ
सुर्य उदाउँनेछ देशले हसिलो मुहार फेर्नेछ
प्रत्येक मानव जातिहरुमा
प्रेम आत्मीयता बढ्नेछ
तबसम्म मात्र,
मैले गरेको पवित्र क्रान्ति सार्थक बन्नेछ

अमित संग्रौला, बिर्तामोड, झापा 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!