मुख्य समाचार

सन् २०१७ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

स्टकहोम, असोज १७, मङ्गलबार । सन् २०१७ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ । म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका रेनर विसलाई आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका ब्यारी बारिस र किप थोर्नलाई अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णायक समितिले जनाएको छ।

पुरस्कार गुरुत्वाकर्षण तरंग सम्वन्धी अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि निर्णायक भूमिका खेले वापत प्रदान गरिएको हो । उनीहरूको विश्वास गरिँदै आएको गुरुत्वाकर्षण तरंगलाई पहिलो पटक पत्ता लगाउन गरेको भूमिकाका लागि पुरस्कार दिइएको हो ।

त्यसैको सहयोगमा सन् २०१५ को सेप्टेम्बरमा ग्राभिटेसनल वेभ्सको ऐतिहासिक अवलोकन सम्भव भएको थियो । करिब एक शताब्दीअघि वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो सामान्य सापेक्षताको सिद्दान्तमा गुरुत्वाकर्षण तरंगको अनुमान गरेका थिए।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!