मुख्य समाचार

वातावरण मन्त्री मिथिला चौधरी इथियोपिया प्रस्थान

काठमाडौँ, बुधबार, १८ असोज २०७४ ।  जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरी इथियोपियाको अडिस अवावामा हुन गइरहेको जलवायु परिवर्तनबाट प्रभावित अति कम विकसित राष्ट्रहरुको समूह एलडिसीका वातावरण मन्त्रीहरुको बैठकमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ। आगामी मंसिरमा जर्मनीको बोनमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २३ औँ सम्मेलनमा एलडिसीका तर्फबाट राखिने साझा विषय तय गर्न सो बैठक आयोजना गरिएको हो ।

बैठकमा जलवायु परिवर्तनबाट एलडिसी राष्ट्रहरुले भोग्नु परेको समस्या, जलवायु न्याय तथा दिगो विकास लक्ष्य लगायतका विषयमा छलफल हुनेछ । बैठकमा नेपालले जलवायु परिवर्तनलाई सिर्जित समस्याका बारेमा स्पष्ट धारणा राख्नेछ । सम्मेलन बिहीबार र शुक्रबार दुई दिन चल्नेछ । एलडिसीमा नेपालसहित ४७ वटा मुलुक आबद्ध रहेका छन् । केही वर्षदेखि एलडिसी राष्ट्रहरुले विश्वको तापक्रम १.५ डिग्री सेल्सियस बढ्नबाट रोक्नुपर्ने आवाज उठाउँदै आएका छन्।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!