मुख्य समाचार

सन् २०१७ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

स्टकहोम, असोज १ जैविक अणुहरुको चित्र हेर्न मिल्ने प्रविधिको विकास गरेबापत सन् २०१७ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार निरन्तर अनुसन्धान र नवीन आबिष्कारमा समर्पित तीन जना बैज्ञानिकहरु स्वीस जाकेस डुबोसेट, जर्मन जोएसिम फ्र्याङ्क र स्कटल्याण्डका रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा दिइने भएको छ । यस पुरस्कारको धनराशी ९० लाख स्विडिस क्रोनार (करिब ११ लाख अमेरिकी डलर) बराबर रहेको जनाइएको छ।

शरीरका अति सूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरुका गतिबिधि अवलोकन गर्ने (इमेजिङ्ग टाइनि एण्ड फ्रोजन मोलिक्युल्स) अत्याधुनिक प्रबिधियुक्त नवीनतम बैज्ञानिक उपकरणः क्रायो-इलेक्ट्रोन माइक्रोस्कोपी प्रविधिबाट मानव शरीरको सबैभन्दा सानो भाग अणुको अध्ययन सहज भएको छ । यो प्रविधिबाट सुक्ष्म  जैविक अणुहरुको अध्ययन उच्च रिजोलुसन मार्फत ठूलो बनाएर हेर्न सकिनेछ ।

यस प्रविधिले शरीरको कोशिकामा रहेका हानिकारक भाइरस, प्रोटिन लगायत अति सूक्ष्म जिवाणु र तत्वहरुको विस्तृत नालीबेली ज्ञात गराउन सहयोग पुग्नेछ। साथै, यसै प्रविधिले अब जिका भाइरसबाट उत्पन्न कठिन रोगहरुको औषधी, उपचार, नियन्त्रण तथा रोकथाम गर्ने विश्वास नोबेल केमिस्ट्रि कमिटीले जनाएको छ। यसबाट एन्टीबायोटिक प्रतिरोधी जिका भाइरसको सतहमा रहेको प्रोटिनको समेत अध्ययन गर्न सकिने वैज्ञानिकले बताएका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!