मुख्य समाचार

असोज १ गते राष्ट्रिय विज्ञान दिवस भव्यताका साथ मनाईदै

भाद्र २९, काठमाडौँ | नेपालमा हरेक वर्ष असोज १ गतेका दिन राष्ट्रिय विज्ञान दिवस नेपालभर मनाइने गरिन्छ । आज विज्ञान तथा प्रविधि मन्त्रालय आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै दीगो विकासको आधार : विज्ञान, प्रविधि आविष्कार  भन्ने नाराका साथ पाँचौ राष्ट्रिय विज्ञान दिवस-२०७४ विभिन्न कार्यक्रमका साथ असोज १ आईतवार मनाईने भएको हो ।

राष्ट्रिय विज्ञान दिवस २०७४ मूल समारोहको कार्यक्रम माननीय उपप्रधानमन्त्री तथा शिक्षामन्त्री श्री गोपालमान श्रेष्ठज्यूको प्रमुख आतिथ्यता र माननीय विज्ञान तथा प्रविधि मन्त्री श्री दिपक वोहराज्यूको अध्यक्षतामा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Nepal Administrative Staff College) जाउलाखेलको सभाकक्षमा यही असोज १ गते आइतवार विहान ९.३० बजे संचालन हुन गइरहेको छ ।

राष्ट्रिय विज्ञान दिवस मनाउन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. संजय शर्माज्यूको संयोजकत्वमा विभिन्न मन्त्रालय, विभाग, विश्वविद्यालयहरु, विज्ञान तथा प्रविधिसँग सम्बन्धित अनुसन्धान केन्द्रका प्रतिनिधि समावेश भएको ३२ सदस्यीय मूल समारोह समितिको गठन भएको छ ।

राष्ट्रिय विज्ञान दिवस

विज्ञान र प्रविधिमा भएको विकास र यसको महत्वका वारेमा व्यापक प्रचार प्रसार गरी  यस क्षेत्रमा लागेका विशिष्ट प्रतिभाहरुलाई प्रोत्साहित समेत गर्ने उद्देश्यले तत्कालीन अमृत साइन्स क्याम्पस स्थापना भएको दिनलाई आधार मानी प्रत्येक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने भन्ने नेपाल सरकार (मन्त्रिपरिषद)  को मिति २०६९।०८।०८ गतेको निर्णय बमोजिम वि.सं. २०७० साल देखि विज्ञान तथा प्रविधिको प्रवर्द्धन र जनचेतना अभिवृद्धि सम्वन्धी विभिन्न कार्यक्रम सहित राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो ।

बिज्ञान तथा प्रबिधिका क्षेत्रमा अनुसन्धान र बिकासलाई उच्च प्राथमिकताका साथ अघी बढाउन राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गरी हाल्नुपर्दछ । हामीले बिज्ञान तथा प्रबिधिको तत्कालिन, अल्पकालीन र दिर्घकालीन रणनीतिहरु बनाएर अनुसन्धान र विकासमा तुरुन्तै लाग्नुपर्छ। शहरी लगायत दुर्गम र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन् ।  यस्ता प्रतिभाहरुलाई उचित सम्मान र अनुसन्धान गर्ने वातावरण सिर्जना गर्ने मुख्य कर्तव्य मन्त्रालयको हो।

बिज्ञान तथा प्रविधिको प्रवर्द्धन गर्न जनचेतनामुलक उल्लेखनीय कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा हुन जरुरी छ । धेरै बिज्ञानका जिज्ञाषहरुको उचित बैज्ञानिक समाधान गर्न अनुसन्धानात्मक पुस्तक प्रकाशन गर्नुपर्छ र लेखहरु पत्र-पत्रिकामा पनि आउनुपर्छ । हाम्रो समाजमा रुढिवादी परम्परा भनिएका कुरामा त्यसपछि केहि बैज्ञानिक कारण जोडिएको छ कि भन्ने बारेमा र रुढिवादी कुराको बैज्ञानिक ब्याख्या गर्न खोज तथा अनुसन्धान हुनु जरुरी छ।

२१ औ शताब्दीलाई बिज्ञान तथा प्रविधिको युगको संज्ञा दिएतापनि नेपालमा बिज्ञान तथा प्रबिधि क्षेत्रको विकास नारामा सिमित छ ।  राजनीतिक नेतृत्वले विज्ञान र प्रविधिको क्षेत्रका विज्ञ, बैज्ञनिकहरुसँग सल्लाह र सुझाव लिएर अगाडि बढ्न सके मात्र दीर्घकालीन रुपमा विज्ञान र प्रविधिको विकास गर्न सकिन्छ होइन भने हामी सँधै परनिर्भर मात्रै रहीरहने छौं । देश आर्थिक रुपले सम्पन्न भई सकेपछि मात्र विज्ञान र प्रविधिको विकास गरौंला भन्ने सोच राखियो भने हाम्रो परनिर्भरता अझै बढ्ने छ । विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु  हाम्रो देशको आवश्यकता हो । यसतर्फ मन्त्रालय अग्रसर भएमा मात्र राष्ट्रिय विज्ञान दिवस मनाएको सार्थकता झल्किनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!