मुख्य समाचार

आज असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै

असोज १, काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ भव्यताका साथ मनाउदैछ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ । उक्त दिवसको मूल समारोह समितिको मुख्य कार्यक्रम आज राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ४३ सदस्य समिति गठन गरी असोज १ गते राष्ट्रिय बिज्ञान दिवस नेपालभरी मनाउने घोषणा गरिएको थियो । नेपाल अधिराज्यभरिको सम्पूर्ण विज्ञान तथा प्रविधिमा सम्बन्धित संघ-संस्था, विद्यालय र सम्पूर्ण निकायलाई बिभिन्न कार्यक्रम गरी राष्ट्रिय बिज्ञान दिवसको दिन कार्यक्रम आयोजना गर्न आह्वान गरिएको थियो ।

आज हुने उक्त कार्यक्रमा विज्ञान विषयमा कलम चलाउने उत्कृष्ठ दुई पत्रकार र नयाँ अनुसन्धान गर्ने संस्थालाई पुरस्कृत गरिने कार्यक्रम रहेको छ । कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिनेछ । आज नै नास्टले बिज्ञान तथा प्रविधिको अनुसन्धानमा काम गर्नेहरुको लागि एक महत्वपुर्ण पुरस्कारको समेत घोषणा गर्ने भएको छ ।

आज हुने कार्यक्रममा १२ वटा स्टलमा विभिन्न नयाँ प्रविधिहरु प्रदर्शनमा राखिनेछ । दिवसका अवसरमा बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एशोसिएशन लगायतले पनि विभिन्न प्रदर्शनी गर्नेछन् । रोबोटिक्स, एआई, आइओटी, थ्रिडि प्रिन्टिङ, अनलाइन भोटिङ मेसिनजस्ता नेपालमा नै विकास भएका प्रविधिहरु प्रदर्शन गरिने बताइएको छ । कार्यक्रममा नेपालमा विज्ञानको विकासक्रम र नयाँ इमर्जिङ प्रविधिहरुको बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन । यसैगरी विभिन्न प्रतियोगिताका उत्कृष्टहरुलाई सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले तत्कालिन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को २०६९ मंसिर ८ गतेको बैठकले उक्त दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा विज्ञान विषय मात्र पढाइने ‘अमृत साइन्स क्याम्पस’ स्थापनाको दिवसका अवसर पारेर सरकारले असोज १ गते उक्त दिवस मनाउने निर्णय गरेको थियो ।

देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइन्छ ।

यस्तो छ कार्यक्रमको तालिका

कार्यक्रम तालिका

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

भोली असोज १ गते मनाइने राष्ट्रिय विज्ञान दिवसको कार्यक्रम तालिका

सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को सप्ताहव्यापी कार्यक्रमको तालिका

सातौँ राष्ट्रिय विज्ञान दिवस २०७६ को बारेमा पत्रकार सम्मेलनको आयोजना

यस्तो छ राष्ट्रिय विज्ञान दिवस-२०७६ को नारा

सरकारले असोज १ गते ‘राष्ट्रिय बिज्ञान दिवस’ भव्यताका साथ मनाउने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!