ज्योतिषशास्त्र

यस्तो छ हातमा हुने राजयोगलाई पनि नाश गर्न सक्ने अशुभ ‘निशान’

ज्योतिशास्त्रको एउटा शाखा समुन्द्र शास्त्रमा शरीरमा भएका चिन्हका आधारमा ब्यक्तिको भविष्यको विश्लेषण गरिन्छ । शरीरमा पाइएका यस्ता निशानाहरु हाम्रो भविष्य र चरित्रका बारे धेरै कुरामा बताउँछन् । समुन्द्र शास्त्रमा दीप एक निशान हो जसले दुर्भाग्य र दुर्घटनाको संकेत गर्छ । यसको अलवा हस्तरेखाको अनुसार तपाईको हातका रेखामा कुनै शुभ योग बनिरहेको छ भने पनि यो एक निशानले त्यसबाट आउने फल कम गराउँछ।

हत्केलाको हरेक ठाउँमा हुँदा यस निशानले अलग अलग फल दिन्छ । तपाईको हातको लाईफ लाईनमा यो निशान देखिएको छ भने कुनै चोट पटक लाग्न सक्ने, अथवा दुर्घटना पर्नसक्ने संकेत गर्छ। त्यसैगरी हातको तेस्रो औँलामा यो निशान देखिएको छ भने धन हानी हुन सक्छ । यो निशान युवतीको बाँया हात र पुरुषको दाँया हातमा देखिँदा प्रभाव देखिन्छ । कुन औँलामा देखिँदा कस्तो प्रभाव हुन्छ हेरौ ।

१. बुढी औँला

हातको बुढी औँलाको तल्लो भागमा देखिँदा आत्माविश्वास र महत्वकांक्षा दुवै कम हुनसक्छ ।

२. चोर औँला

चोर औँला अर्थात दोस्रो औँलाको तलपट्टी शनी पर्वतमा यो निशान देखियो भने काममा बाधा हुने दुःख बढ्ने हुन्छ ।

३. माझी औँला

माझी औँलाको तलपट्टी रहेको सूर्य पर्वतमा यो निशान देखिएको अवस्थामा धन हानी हुनेछ भने विस्तारै-विस्तारै आफ्नो इज्जत प्रतिष्ठा पनि हराउँदै जानसक्छ ।

४. कान्छी औँला

हातको कान्छी औँलाको तल रहेको बुध पर्बतमा यो निशान देखिएको अवस्थामा बिजनेशमा नोक्सान हुनसक्छ । कुनै कारणबस धन, पैसा हराउन सक्छ ।

५. हत्केलाको तल

हत्केलाको तलपट्टी बाँया साईडमा हुने चन्द्र पर्बतमा यो निशान देखिएको खण्डमा मानिसमा निर्दही पन देखापर्छ, मानविय भावनामा कमी हुनसक्छ।

६. अँगुठाको तल

अँगुठाको तलपट्टी हत्केलामा हुने शुक्र पर्वतमा यो निशान देखियो भने प्रेममा तनाव तथा बिछोड हुनसक्छ ।

यो पनि पढ्नुहोस्

पैसा र यसको सम्बन्ध

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

मानिसको शरीरमा आउने खराब कोठीको पहिचान

मानिसको छालामा आउने कोठी के हो ?

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

जन्मदा शरीरमा भएका चिन्हहरुको शुभ र अशुभ फल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!