विज्ञान जिज्ञासा

सर्पको जिब्रो बीचमा किन फाटेको जस्तो हुन्छ ?

सर्प एक घस्रने प्रजातीको मांसाहारी सरिसृप जीव हो। वैज्ञानिक अध्ययन-अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू मांसहारी हुन्छन् । कोही कीरा–फट्याङ्ग्रा खान्छन् भने कोही भ्यागुता, मुसा जस्ता साना जनावरहरूको शिकार गर्दछन् । जमीनको कम्पनका आधारमा त्यसले आफ्नो बाटो पहिल्याउँछ। सर्पको जिब्रो देखेर हामी तर्सन्छौँ। हामीलाई विषवमन गर्ने, डस्ने अवयव नै त्यो फाटेको जिब्रो हो कि जस्तो लाग्छ तर त्यो अर्को भ्रम हो। सर्पको जिब्रो अति संवेदनशील ज्ञानेन्द्रीय हो। यसले आफ्नो शिकारको गन्ध पछ्याउन मद्दत गर्दछ। हाम्रो जिब्रो जस्तो खाद्य पदार्थको स्वादानन्द दिने अवयव पनि यो होइन।

सर्पले आँखा बन्द गर्न, झिम्क्याउन सक्दैन । सर्पको बाहिरी कान हुँदैन। सर्पले सुन्न सक्दैन । यसले आफ्नो शरीरले जमिनको कम्पन मापन गरेर आफू वरिपरिको स्थितिको जानकारी राख्दछ । तर, त्यसभन्दा पनि भरपर्दो औजार हो, यसको जिब्रो । सानो छँदा हामीमध्य धेरैको धारणा के हुन्थ्यो भने बीचमा काटिएको सर्पको अनौठो जिब्रोले नै हामीलाई टोक्छ । तर, यो धारणा बिल्कुल गलत हो । सर्पको काटिएको जिब्रो हाम्रो लागि हानिकारक हुन्न । यसले त आफ्नो यो अनौठो जिब्रो परिस्थिति आँकलन गर्न प्रयोग गर्छ ।

सर्पको तालुमा दुई स-साना अङ्गहरू हुन्छन । ती अङ्गहरूलाई ‘जेकब्सन्स ओर्गन’ भनिन्छ । सर्पले आफूवरिपरिको वस्तुस्थितिको जानकारी लिन जिब्रो तीव्र गतिमा भित्रबाहिर गरिरहेको हुन्छ । प्रत्येक पटक सर्पले आफ्नो जिब्रो बाहिर निकाल्दा हावामा रहेका रासायनिक कणहरू गिलो जिब्रोमा टाँसिन्छन । आफ्नो जिब्रो मुखभित्र छिराउँदा यसरी टाँसिएका कणहरूलाई सर्पले जेकब्सन ओर्गनमा राख्छ । जेकब्सन ओर्गनले यी कणहरूको पहिचान गरि शिकार नजिक छ वा छैन, कति टाढा छ, हावाको तापक्रम कति छ भन्ने जस्ता कुराहरू निर्क्यौल गर्छ । जेकब्सन ओर्गनले जिब्रोका दुवै चुच्चोहरूमा शिकारको गन्धका कणहरू प्राप्त नगर्दासम्म सर्पले शिकारको पिछा गरिरहन्छ । जब जिब्रोको एउटा मात्र चुच्चोमा शिकारको गन्ध पाउँछ तब सोहि दिशातिर सर्प लाग्दछ । जब दुवै चुच्चाहरूबाट शिकारको गन्ध हराउँछ, तब सर्पले आफ्नो टाउको यताउता हल्लाएर फेरि गन्धका कणहरू खोजी गर्छ ।

यो पनि पढ्नुहोस्  d

सर्पले टोकेको उपचार गर्ने विधि

सपनामा यी जनवारहरु देखेमा के हुन्छ ?

सपनामा मरेका मानिसहरु आउने कारणहरु

विधि विज्ञानमा डीएनए इकाईमा के के को परीक्षण गरिन्छ ?   

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!