धर्म-सस्कृति

भिमसेनले यसरी पाएका थिए १०,००० हात्ती बराबरको बल

भिमसेन महाभारतका एक प्रमुख पात्र हुन् । उनी पाँच पाण्डवका माहिला भाइ पनि हुन् । उनलाई निष्ठा र पराक्रमका धनी भनेर पनि मानिन्छ । पौराणिक कथामा भनिएको छ, दस हजार हात्ती बराबरको बल भिमसेनसँग थियो । यो बल उनले खाली आफ्नै बुद्धिका कारण हासिल गरेका थिए । बालक अवस्थामा पनि प्राय: भिमसेनले धृतराष्ट्रका पुत्रहरुलाई सबै खेलमा हराइदिन्थे । जसका कारण दुर्योधनको मनमा भिमसेनप्रति नकारात्मक भावना बढ्न थाल्यो र धेरै पटक मार्ने योजना पनि बनाए ।

एक पटक दुर्योधनले मौका छोपी भीमको भोजनमा विष राखिदिए र उनलाई गंगा नदीमा बगाइदिए । नदीमा भिमसेनलाई विभिन्न विषालु सर्पले टोके । जब भिमसेनलाई होश आयो र उनले सर्पलाई एक-एक गरी मार्न लागे । सबै सर्प डराएर नागराज ‘वासुकी’ कहाँ पुगे र सबै सुनाए । वासुकीले भिमसेनलाई सर्प नमार्न विन्ती गरे र इनाम स्वरुप शक्ति बढाउने कुण्डको रस पिउन दिए । यस रसलाई पिएपछि भिमसेनलाई हजार वटा हात्ति बराबरको बल उत्पन्न भयो । त्यसपछि भिमसेन नदी बाहिर निस्किए र हस्तिनापुर फर्किए ।

यो पनि पढ्नुहोस्

यी ७ कारणहरु नभएको भए हुँदैनथ्यो महाभारतको युद्ध

महाभारत युद्धमा लुकेको अंक १८ को रहस्य

१८ दिनसम्म चलेको महाभारत युद्धमा कुन दिन के भयो ?

महाभारतका कर्णका प्रेरणादायी कुराहरु

महाभारत, श्रीकृष्ण र कूटनीति

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!