धर्म-सस्कृति

यी ७ कारणहरु नभएको भए हुँदैनथ्यो महाभारतको युद्ध

महाभारतको युद्ध चन्द्रवंशीहरूका दुई दाजुभाई परिवारहरू १०० कौरव भाईहरू र ५ पाण्डव भाईहरूका बीच भएको आपसी शीतयुद्धले सिर्जना युद्ध हो । महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको माध्यमबाट आसुरी मति भएका कौरवलाई समाप्त पार्नु महाभारतका पटकथाकार भगवान् श्रीकृष्णको ध्येय थियो ।

हजारौं वर्ष पहिले कौरव र पाण्डवबीच एउटा महायुद्ध लडियो जो महाभारतको नामले प्रख्यात छ । प्राचीन हिन्दु सभ्यताका अनुसार महाभारत सबैभन्दा ठुलो युद्ध थियो । १८ दिनसम्म चलेको महाभारत युद्धमा यति रगत बग्यो कि आजपनि युद्ध भएको स्थान कुरुक्षेत्र रातो छ । रगतको होली खेलिएको महाभारतकोको राम्ररी अध्ययन गर्दा यसका अनेकन कारण पत्ता लाग्छन । शायद केही घट्ना नघटेका नभएका महाभारत युद्ध रोकिन पनि सक्थ्यो ।

१. शान्तनु

राजा शान्तनुले सत्यवतीको प्रेममा परेर भीष्मलाई सिंहासनबाट पर नराखेको भए शायद युद्धको अवस्था नआउन सक्थ्यो।

२. भीष्म

भीष्मले गान्धारीलाई अन्धा घृतराष्ट्रसंग विवाह गर्न मनाएका थिए । जब शकुनीको चालमा परेर कौरवले कौडामा द्रौपदीको चीरहरण गरियो भीष्मले एक शब्द बोलेनन् । उनी यसरी चुप नबसेको भए महाभारत युद्दको कथा फरक हिसावले लेखिन सक्थ्यो ।

३. धृतराष्ट्र

धृतराष्ट्रले आँखा मात्रले अन्धा थिएनन् उनी पुत्र मोहमा पनि परेर सत्य असत्य छुट्याउन नसक्ने भएका थिए । उनले आफ्ना छोराहरुले गरेको अत्याचारतर्फ कहिल्यै ध्यान दिएनन् । बरु छोराहरुको गल्तीलाई जहिल्यै ढाकछोप गरिरहे ।

४. युधिष्ठिर

युधिष्ठिरले सधै सत्यको पक्ष लिए। तर उनले केही पनि कमजोरी पनि गरेकै हुन् जुन युद्धको कारण बन्यो । यदि उनले कौरबहरुसंग कौडा खेल्न इन्कार गरिदिएको थियो सायद महाभारत युद्ध टर्थ्यो ।

५. द्रौपदी

महाभारत युद्द हुनुमा द्रौपदीको पनि भुमिका रहेको देखिन्छ । उनले इन्द्रप्रस्थमा दुर्योधनका अन्धा पिता धृतराष्ट्र्का जुन टिप्पणी गरिन त्यसले दुर्योधनलाई ठुलो चोट पुग्यो । दुर्यौधनमा जागेको पाण्डवप्रतिको घृणाले युद्धलाई थप नजिक्याउन मद्दत पुर्यायो ।

६. शकुनी

भीष्मसंग बद्ला लिन शकुनी हस्तिनापुरलाई बर्बाद पार्न चाहन्थ्यो । शकुनीले आफ्नो लक्ष्य हासिल गर्न भान्जाहरुलाई भड्काउन शुरु गरेको थियो । शकुनीकै षडयन्त्रका कारण पनि महाभारत युद्ध संभव भएको हो ।

७. कर्ण

कर्ण दुर्योधनको ऋणी थियो र गहिरो मित्र पनि थियो। तर कर्णले दुर्योधनलाई नराम्रो काम गर्नबाट कहिल्यै रोकेनन् । कर्ण आफूलाई अर्जुन भन्दा क्षमतावान सावित गर्न चाहन्थ्यो । कर्णको बफादारीका कारण पनि दुर्योधनलाई महभारत जित्ने हिम्मत आएको थियो जहाँ पाण्डवका तर्फ स्यवम भगवान श्रीकृष्ण लाग्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!