विज्ञान जिज्ञासा

कपाल किन फुल्छ ?

हुनत कतिपय व्यक्तिको जवानीमै अझ कहिलेकाहीं त बच्चैमा पनि कपालको कतिपय रौँ सेतो हुन्छ । सामान्यतया व्यक्तिको उमेर घर्किंदै जाँदा छालामा बिस्तारै मेलानिनको उत्पादन नै एकदम घट्दै जान्छ जसको कारण रौँ मा रंगको मिश्रण पनि घट्दै जान्छ, र रंगबिना नै रौँ निस्किन्छ, जुन रौँ सेतो देखिन्छ । त्यसैलाई हामी फुलेको भन्छौं । प्राय: मानिसले ३० वर्षको उमेरपछि कपालको हल्का रौं फुलेको पाउँछन् । तर कहिलेकाही भने स्वभाविक समय भन्दा अगाडिदेखि फुल्न शुरु गर्छ । वंशानुगत र पारिवारिक पृष्ठभूमिका कारण छिट्टै कपाल फुल्न शुरु गर्छ । यदि २० वर्षकै उमेरमा तपाईंको कपाल फुल्न थालेको छ भने यो निकै अस्वभाविक हो । सानो उमेरमा अस्वभाविक रुपमा कपाल फुल्नुमा वातावरण र जीवनशैलीका विभिन्न तत्वले पनि महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । उमेर नपुगी कपाल फुल्दा त मानिसहरूलाई तनाव पनि हुने गर्छ ।

कपाल फुल्नुका कारण निम्न छन् ।

१. वंशानुगत गुणः

बाबु-आमा र बाजे-बज्यैको छिट्टै कपाल सेतो हुने गुण भए त्यो सर्ने सम्भावना हुन्छ । कपाल फुल्दा यसको बनोट मोटो र कडा हुन्छ ।

२. उमेर ढल्केपछि कपाल फुल्नुको कारण 

कपालको फेदमा थैली जस्ता ग्रन्थि हुन्छन् । ती थैलीभित्र रङ्गीन कढा बनाउने कोष हुन्छन् । ती कोषमा जब रङ्गीन कढा बनाउने क्रिया ढिलो हुन्छ, तब कपाल सेतो हुन्छ । कपालको रङ यमसा रहेका रङ्गीन कणको मात्रामा निर्भर हुन्छ । कपालका फेदमा हुने ती थैलमिा हावा जम्मा भएर पनि कपाल सेतो हुन्छ किनकि हावाका थगैलीले रङ बनाउने कणको स्थान ओगटिदिन्छ ।

३. मानसिक तनाब

विज्ञहरुले तनाब र कपाल फुलाई बीच गहिरो सम्बन्धबारे बहस गर्दै आएका छन् । तर केही वैज्ञानिकहरुले भने तनाब र कपाल फुलाईमा विशेष सम्बन्ध रहेको बताएका छन् । सन् २०१३ मा न्युयोर्क युनिर्भसिटीले नेचर मेडिसियनमा प्रकाशित एक अध्ययन अनुसार तनाबका कारण मूल कोषिका (स्टिम सेल)ले कपालको जराभित्रको नली साँघुरो पारिदिन्छ । सो अध्ययनलाई पुष्टि गर्ने अन्य अध्ययन भएका छैनन्, तर पनि कपाल फुल्ने समस्या र तनाब बीच गहिरो सम्बन्ध रहेको वैज्ञानिकहहरु बताउछन् ।

४. स्वास्थ्य समस्या

समय नपुगी कपाल फुल्नु स्वास्थ्य सम्वन्धी अन्य समस्या पनि हो । थाईरड र पियूष ग्रन्थीमा समस्या देखिएमा त्यसको असर कपालमा पर्ने विज्ञहरु बताउँछन् । तालु खुइलिने, छाला वा कपालसम्वन्धी रोग (अटोइम्युन) का कारण पनि कपाल फुल्छ । आफ्नो कोषले आफ्नै शरीरलाई हानि गर्नुलाई अटोइम्युन भनिन्छ ।

५. भिटामिन बी १२ को कमि

कपाल फुल्नुको अर्को कारण भिटामिन बी १२ को पनि कमि हो । त्यस्तै सदाबहार शाकाहारी, गर्भ निरोधक पिल्स सेवन र पेट तथा आन्द्रा सम्वन्धी समस्याका कारण पनि कपाल फुल्छ ।

६. धुमपान

धुमपानले सबैभन्दा ठूलो अशर छाला र कपालमा गर्छ । चुरोट सेवन र ३० वर्षअघिको उमेरमा कपाल फुल्नुमा एक प्रकारको सम्बन्ध हुने गर्छ । चुरोट पिउनेको छाला च्याउरी पर्छ । तालुमा छाला च्याउरी परेको नदेखिए पनि यसले ससाना कोषहरुलाई असर गर्छ ।

यो पनि पढ्नुहोस्   

सधै जवान देखिने तरिकाहरु

हरेक व्यक्तिले जान्नुपर्ने जीवन दर्शनका यथार्थ शिक्षाहरु

जीवन उपयोगी स्मरणीय तथ्यहरु

स्वास्थ्य सम्वन्धी केही रोचक जानकारी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!