धर्म-सस्कृतिशास्त्र

महाभारत युद्धमा लुकेको अंक १८ को रहस्य

महाभारतको युद्ध चन्द्रवंशीहरूका दुई दाजुभाई परिवारहरू १०० कौरव भाईहरू र ५ पाण्डव भाईहरूका बीच भएको आपसी शीतयुद्धले सिर्जना युद्ध हो । महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको माध्यमबाट आसुरी मति भएका कौरवलाई समाप्त पार्नु महाभारतका पटकथाकार भगवान् श्रीकृष्णको ध्येय थियो ।

के युद्धपछि महाभारत सकिएको थियो ? तपाई छक्क पर्नुहुन्छ, युद्धपछि महाभारतको सुरुवात भएको थियो । सुनेर छक्क पर्नसक्नुहुन्छ । महाभारतकको युद्ध १८ दिनसम्म चलेको थियो । महाभारत पुस्तकमा १८ अध्याय छन् । श्रीकृष्णले अर्जुनलाई १८ दिनसम्म गीताको ज्ञान दिएका थिए, यस किताबको पनि १८ अध्याय छन् । कौरव र पाण्डवको कुल सेना १८ अक्षोहिनी थिए र यस युद्धमा मात्र १८ योद्धा जीवित रहेका थिए । यो १८ अंकको पछि के रहस्य थियो, अहिलेसम्म रहस्य नै छ।

गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामाद्धारा युद्धमा ब्रह्मास्त्रको प्रयोग गरेका थिए । अश्वत्थामाको यस्तो काम देखेर कृष्ण क्रोधित भए र कृष्णले अश्वत्थामालाई तीन हजार बर्षसम्म निर्जन स्थानमा रोगले ग्रस्त भएर बाँच्न श्राप दिएका थिए । अहिले पनि कतै–कतै अश्वत्थामालाई देखिने बताइन्छ, तर यो कति सत्य छ अनुमान लगाउँन सक्दैनौँ ।

गांधारीले वेदव्याससँग पुत्रीका लागि वरदान पाइन्, तर एउटा पनि बच्चा नभएपछि रिसले भरिएकी गांधारीले आफ्नो पेटमा आफैँले मुक्का हानिन् र गर्भमा रहेको बच्चा झारिन् । यो कुरा वेदव्यासलाई थाहा भयो, उनले तत्कालै गांधारीलाई १०० वटा कुवा बनाई मरेको बच्चाको अवशेष उक्त कुवामा हाल्न लगाए, जसका कारण कौरवहरुको जन्म भएको विश्वास गरिन्छ। धृतराष्ट्र र गांधारीको ९९ पुत्र र एक पुत्री थिइन।

हारेका पक्षबाट युद्ध लड्ने पौत्र बर्बरीकले भीमलाई बचन दिएका थिए । कौरव र पांडवका पुरै सेनालाई समाप्त पार्न बर्बरीकका लागि तीन बाण पर्याप्त थियो । यो थाहा पाएर भगवान कृष्ण व्राहमणको रुप लिएर उनकाअगाडि गए र दानमा उनको टाउको मागे । टाउको वरदान गरेपछि बर्बरिकले युद्ध अन्त्यसम्म हर्न चाहेको कृष्णसँग प्रार्थना गरे र कृष्णले उनको कुरा मानेका थिए । भगवान कृष्णले उक्त टाउकोलाई अमृतले नुहाएर सबैभन्दा अग्लो स्थानमा राखिदिएका थिए, जहाँबाट महाभारतको युद्ध देख्न सकियोस् ।

धेरै जसोको मान्यता छ, महाभारतलाई वेदव्यासले लेखेका हुन्, तर यो अधुरो सत्य हो । वेदव्यास कुनै नाम होइन, यो एक उपाधि हो जुन वेदहरुको ज्ञान लिएका व्यक्तिलाई दिइन्छ । महाभारतको २८औँ वेदव्यासको रचना कृष्णद्वैपायनले गरेका थिए । यसअघि २७ वेदव्यास भइसकेका थिए ।

धेरैजसोले अभिमन्युको हत्या चक्रव्यूहमा सात महारथिहरुद्धारा गरिएको बताउँछन्, तर महाभारतअनुसार, अभिमन्युले बहादुरीका साथ लडेर चक्रव्यूहमा रहेका सातमध्ये एक महारथी (दुर्योधनका पुत्र)लाई मारेका थिए । यसबाट दुखी भई दुशासनका पुत्रले अभिमन्युको हत्या गरेका थिए । महाभारत एउटा किताब हो, तर यसलाई चरणमा लेखिएको छ । पहिलो चरणमा ८,८०० श्लोक, दोस्रोमा २४,००० र तेस्रोमा १,००,००० श्लोक लेखिएका छन् ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!