धर्म-सस्कृति

हनुमानसँग जोडिएका रोचक प्रसंगहरु

शिवपुराण अनुसार त्रेतायुगमा भगवान श्रीरामको सहयोग गर्न र दुष्टको नाश गर्न भगवान शिवले हनुमानको रुपमा अवतार थिएका थिए । भगवान शिवलाई मनपर्ने अवतारमध्ये एक हनुमान थियो । हिन्दू धर्मशास्त्र अनुसार भगवान हनुमानलाई रुद्रको ११ औँ अवतार मानिएको छ । यही कारण अनौठो शिवलीलाहरु जस्तै हनुमानसँग जोडिएका पौराणिक प्रसंग उनको शक्तिलाई उजागर गर्छ । शास्त्रहरुमा सनु जस्तै चम्किला, चट्टान जस्तै शरीर भएका, सबै गुणले भरिएका स्वामी, ज्ञानी, रामका परमभक्त श्री हनुमानको बारेमा जान्नुहोस् केही रोचक प्रसंग ।

एक पटक भगवान शिवले माता पर्वतीको इच्छाअनुसार सुनको महल बनाए । तर, ब्राम्हणको भेषमा आएर भक्त रावणले महल मागेपछि पार्वतीसहित दान गरिदिए । यो देखेर पार्वती माता रिसाइन् । शिवले उनलाई मनाउँन एउटा वचन दिए, ‘त्रेतायुगमा म बाँदरको अवतार लिनेछु, त्यस सयम तिमी मेरो पुच्छर बन्नु । जब म सिता माताको खोजीका क्रममा यही सुनको महल अर्थात् लंका पुग्छु, तिमी पुच्छर बनेर लंकालाई आगो लगाएर दण्डित गर्नु । यो प्रसंग श्री हनुमानले लंकादहनको एक कारण मानिएको छ ।

एकपटक हनुमान श्री रामको दरबारमा खानका लागि बसे । माता जानकीले खाना थपिदिइरहिन्, तर हनुमानको पेट भरिएन । फेरि सीताले पनि केही समयसम्म थपिरहिन्, फेरि पनि हनुमानको पेट नभरिएपछि उनले तुलसीको एक पातमा राम नाम लेखिन् र भोजनमा राखिदिइन् । तुलसी पत्र खाएपछि बल्ल हनुमान अघाए र भगवान शिव शंकर प्रसन्न भएर आशिर्वाद दिए, ‘तपाईको राम भक्ति युगसम्म सम्झिइनेछ र तपाई संकट मोचन भनेर चिनिइने छ ।

हनुमानको सबैभन्दा दुर्लभ रुपमा पंचमुखी रुप हो । राक्षहरुको वध गर्नका लागि हनुमानले यो रुप लिएको मानिन्छ । हनुमानको रौँ-रौँमा रामको ध्वनी आउँछ भनिन्थ्यो । एक पटक माता सीता तथा अन्य व्यक्तिहरुलाई विश्वास दिलाउँन हनुमानले आफ्नो छाती चिरी हृदयमा बसेको राम र सीताको तस्विरलाई सभामा उपस्थित व्यक्तिहरुलाई देखाएका थिए । भक्तिको यो पराकाष्ठा देखेर भगवान रामले हनुमानलाई अँगालो हालेका थिए ।

राज्याभिषेकपछि उपहार दिने क्रममा रामले हनुमानलाई आफ्नो गलामा भएको मोतीको माला दिएका थिए, जुन एकदमै मुल्यवान थियो । तर, उनले ति सबै मोतीका दानालाई टोकेर फुटाई दिए । किन यस्तो गर्यौ भन्ने सिताको प्रश्नमा उनले जुन वस्तुमा राम नामको ध्वनि सुनिइदैन त्यो उनको लागि व्यर्थ हुने बताए ।

हनुमानलाई सिन्दुर निकै प्रिय लाग्ने बताइन्छ । एक पटक सीताको कक्षमा हनुमान पुगे, जहाँ सिता आफ्नो सिउँदोमा रातो रंगको वस्तुले रंगाउँदै थिइन् । हनुमानले सोधेपछि सीताले प्रभु रामको आयु बढ्छ र प्रभुको स्नेह प्राप्त हुन्छ भनी उत्तर दिइन् । यो सुनेर रामको लामो आयु र स्नेह पाउनका लागि हनुमानले शरीरभरि सिंदुरले पोतका थिए । त्यसैले हनुमानलाई हिन्दुर लगाउँन मन पर्छ भनिन्छ ।

हनुमान भगवान शंकरका अवतार, वायुका पुत्र, अंजनीका पुत्र, केसरीका पुत्र, सीता र रामको मानेका आज्ञाकारी पुत्र हुन् । सुर्य देव हनुमानका गुरु हुन् । जुन काम श्री रामले गर्न सकेनन्, त्यो काम रामको नाम लिँदै हनुमानले गरे । हनुमानले पुल बिनै समुद्र पार गरे । रावणका अमर राक्षसलाई यति टाढा फ्याके कि पृथ्वीको गुरुत्वआकर्षणभन्दा बाहिर पुगे र ति राक्षस कहिल्यै फर्केर आउन सकेनन् ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!