स्वास्थ्य

मिर्गौलाको दुखाई र पत्थरीको कारण र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मिर्गौलाको दुखाई र पत्थरी (Renal Colic and Renal Calculus)को रोगमा कम्मरको एक साइडमा दुख्ने हुन्छ । हिजो आज मिर्गौलाको पत्थरी नभएको मानिस भेटाउन गारो हुने भएको छ । मिर्गौलाको पत्थरीमा पिसाब पटक-पटक हुने गर्दछ । कहिलेकाही उल्टि समेत हुन सक्छ । कुनै पनि रोगको उपचारमा पानीको ठूलो हात छ । पानीको सेवन प्रशस्त गर्न सके यस्ता समस्या आफै हल हुन सक्छ ।

कारण (Etiology)

१. मिर्गौलाको पत्थरी (Renal calculi)- यो रोगको प्रमुख कारण हो ।

२. पिसाबमा रगत देखिनु ।

३. इथीनोकोकसको सिस्ट ।

४. Ureterine papilloma .

रोगको पहिचान (Diagnosis )

(i) पटक पटक पिसाब हुनु ।

(ii) पिसाबमा रगत देखिनु (Haematuria) पछि पिसाबबाट पत्थरी पिसाबको माध्यमबाट बाहिर आउट हुन सक्छ ।

कोखा दुखेको थाहा हुनासाथ निम्न परिक्षण गरिहाल्नु पर्दछ ।

१. पिसाबको जाँच गर्दा पिसाबमा परसस्त RBC देखिन सक्छ ।
२. USG

उपचार (Treatment)

१. Nilasto Tablet २ गोली दिनमा २ पटक खाने ।

२. Dj- Citral Syrup २ चमच दिनमा ३,४ पटक सम्म १ गीलास पानीमा राखेर खाने ।

३. ज्यादा दुखाई छ भने डाक्टरको परामर्शमा उपचार गराई हाल्नु पर्दछ । सामान्य दुखाई कम गर्न मेफ्टल स्पाज्म ५०० मि.ग्राम दिनमा २ वा ३ पटक खान सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

मिर्गौलाको पथरी हुँदा के खाने ? के नखाने ?

मिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!