कृषि

बाख्रा पालन सम्वन्धी उपयोगी जानकारीहरु

१. बाख्राले ओसिलो भन्दा ओभानो तथा सुख्खा स्थान बढी मनपराउँदछ ।

२. बाख्रालाई घाम, पानी, हावाहरु, जाडो गर्मी तथा जगंली जनावरबाट बचावटको लागि खोरको आवश्यकता पदर्छ । स्थानीय सामग्रीहरुको प्रयोगबाट कम लागतमा बाख्राहरुलाई आरमदायी किसिमको खोर निर्माण गर्न सकिन्छ ।

३. कुन बाख्राको जात पाल्ने भन्ने कुरा बाख्रापालनको उद्देश्य (मासु, दूध, पश्मिना, मोहेर उत्पादन) तथा पालन गरिने स्थानको हावापानीमा निर्भर गर्दछ । जुनसुकै बाख्राको जातबाट मासु उत्पादन गर्न सकिने भएतापनि वर्षौके अथक प्रयासबाट विशेष उत्पादनको लागि विशेष बाख्राका जातहरु विकास गरिएका छन् । मासु उत्पादनको लागि वोयर बाख्रा, दधू उत्पादनको लागि सानन, दधू तथा मासु दुबैका लागि जमुनापारी, मोहेर उत्पादनको लागि एङगोरा तथा पश्मिना उत्पादनको लागि टिवटेन बाख्रा तथा च्यांग्रा यसका केही उदाहरण हुन ।

यो पनि पढ्नुहोस्  

किवि खेती

रैथाने बाली लोप हुँदै

युवालाई कृषिमा आकर्षित गरौं

घरको छतमा तरकारी खेती गर्ने तरिका

४. बाख्राको उत्पादन तथा उत्पादकत्व यसको वंशाणुगत तथा जातिय क्षमता र बाख्राको व्यवस्थापन (आहारा, प्रजनन, स्वास्थ्य तथा वातावरण) ले निर्धारण गर्दछ । जतिसुकै राम्रो वशांणुगत क्षमता भएको बाख्रा भएता पनि आवश्यकता अनुसारको आहारा पुयाउन नसकेमा तथा स्वास्थ्यको अवस्था नराम्रो भएमा राम्रो उत्पादन लिन सकिदैन । त्यसैगरि जतिसुकै राम्रो आहारा तथा स्वास्थ्यको व्यवस्थापन गरेता पनि वंशाणुगत क्षमता नराम्रो भएको बाख्रा भएमा राम्रो उत्पादन लिन सकिदैन । बाख्रापालनमा वंशाणुगत क्षमता तथा व्यवस्थापन दुबै उत्तिकै महत्वपूर्ण छन् ।

५. बाख्रा चरनमा मात्र राम्रो हुर्कन्छ भन्ने धारणा सहि हैन । वंधुवा प्रणालीमा पनि बाख्रापालन गर्न सकिन्छ । वातावरणिय सन्तुलनको लागि वंधुवा बाख्रापालन पद्धतीलाई अवलम्वन गरिनु जरुरी छ ।

६. साधारणतया एउटा ३० देखि ४० किलोको बाख्रालाई दैनिक ५ देखि ७ किलो हरियो घाँस तथा १५० देखि २०० ग्राम दाना (मकै, पिना) को आवश्यकता पर्दछ ।

७. वंधुवा प्रणालीमा बाख्रापालन गर्दा कति संख्यामा माउ बाख्राहरु राख्ने भन्ने कुराको निक्र्याेल गर्न हरियो घाँसको उपलव्धतालाई आधार मान्नु उपयुक्त हुन्छ ।

८. रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो हो तसर्थ बाख्रापालनमा जैविक सरुक्षा विधिको पुर्ण अवलम्वन तथा प्रमुख रोगहरु विरुद्ध उपलब्ध भ्याक्सिन लगाई बाख्रालाई सुरक्षित राख्नु महत्वपुर्ण हुन्छ ।

९. आन्तरिक तथा वाहय् परजिवीले बाख्राको उत्पादन ह्रास गर्ने प्रमुख कारक तत्व हुन । यी परजिवीको नियन्त्रण गरि बाख्राको उत्पादनमा उल्लेख्य सुधार गर्न सकिन्छ । (उत्तम एग्रो नेपालको फेसबुकवाट)

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!