स्वास्थ्य

धतुरो र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


आयुर्वेदिक हर्ब धतुरोको वैज्ञानिक नाम Daturo Stramonium हो । धतुरो सदुपयोग गर्न जान्नेले विषलाई पनि अमृत बनाउँछन् । भनिन्छ छ नी जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड । नजान्नेले अमृतलाई नै विष बनाइदिन्छ । धतुरोको सम्बन्धमा पनि यो कुरा लागू हुन्छ । मानव कल्याणका लागि धतुरोको उपयोग गर्ने हाम्रा प्राचीन ज्ञानको प्रशंसा अचेल विदेशमा समेत हुन थालेको छ ।

विगतमा मैले धतुरोबाट उपचार गर्नेबारे चर्चा गरि सकेको छु । आज मैले धतुरो प्रयोग गरेर असमयमा हुन सक्ने गर्भपतन र त्यसलाई बचाउने केहि प्रयोग यहाँ लेख्ने जमर्को गर्दैछु । यो भन्दा अर्को प्रसंगमा लागौं । महिलाहरूको छाती स्तन लट्केमा पनि सुन्दरतामा केहि कमी आउन सक्छ त्यसको लागि पनि धतुरो राम्रो औषधि मानिएको छ ।

बच्चा जन्मेर खेर गएको छ स्तनबाट दूध सुकाउन परेमा पनि धतुरोको राम्रो भुमिका छ । बिगत लामो समयदेखि यसको प्रयोगबारे भन्दै आएका छौं । तर पुन: के कस्ता समस्यामा धतुरो कसरी प्रयोग गर्ने भन्नेबारे यहाँ प्रकाश पार्नेछौं ।

यो पनि पढ्नुहोस्  

असुरो प्रयोगबाट हुने फाइदाहरु

मधुमेहको सफल उपचारमा बरको प्रयोग

नीम (Azadirachta Indica) र यसको प्रयोग

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

सर्पगन्धा (Rauvolfia Serpentina Q ) Mother Tincture र यसको प्रयोग

धतुरोको प्रयोग

१. लट्केका स्तन टाइट बनाउनु परेमा धतुरोको पातलाई हल्का गरम गरेर स्तनको वरिपरि राखेर कपडाले कसेर बाध्नाले यो समस्या हल हुन्छ । लटकेका स्तन क्रमस टाइट हुदै जान थाल्दछ ।

२. असमयमा हुने गर्भपतन हेवीच्युल एवार्सन हुने गर्छ भने आइतबार विधि विधान अनुसार धतुरोको जरा ल्याउनुहोस र धुप दिप दिएर कम्मरमा बाध्नुहोस र नवौं मासमा खोलेर नदिमा बगाई दिनु यसले राम्रो काम गर्दछ ।

३. स्वप्न दोश नाइट फेल हुने गर्छ भने मंगलबार धतुरोको जरा ल्याएर कम्मरमा बाध्नु होस स्वप्न दोश हुदैन ।

४. बच्चा छैन भने धतुरोको पात गरम गरेर स्तनमा बाध्नाले दूध सुकाउने काम गर्दछ । औषधिद्वारा दूध सुकाउनुभन्दा यसरी दूध सुकाउदा पछि फरक पर्दैन ।

५. धतूरोको प्रयोग जोर्नी दुई दुख्ने भएमा धतुराको पातलाई तिलको तेलमा पकाउने पात डढेपछी निकालेर कपडाले छानेर मालिश गर्नाले यो रोग निको हुन्छ ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!