स्वास्थ्य

सतुवा र यसको महत्व

सतुवा (सतावर) उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनऔषधी हो । वनस्पति परिवारमा पर्ने लिलियसीको बैज्ञानिक नाम (ल्याटिन नाम) पेरिस पोलिफाईला (Paris Polyphylla Sm.) हो । यसको पात बाँकोको जस्तै हुन्छ । यसको जरा अदुवाको जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ ।

खसु्र र ठिंग्रे सल्लाको जंगल भएको भागमा यो विरुवा धेरै भेटाईन्छ । यो विशेष गरेर सेपिला भागमा फस्टाउँछ । यो विरुवा सामान्यतया आधा मिटर अग्लो हुन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । यस विरुवाका सबैजसो पातहरू एउटै आँख्लाबाट पलाएका हुन्छन् । प्रत्येक पात झन्डै भाला आकारको भई १५ सेन्टिमिटर लामो र ६ सेन्टिमिटर चौडा हुन्छन्। पातको टुप्पो चोसो परेको हुन्छ । विरुवाको टुप्पामा एउटै मात्र फूल फूलेको हुन्छ । फूलका तरेलीहरू हरियो र पहेंलो हुन्छ । एउटै फूलमा भाले तथा पोथी दुवै अंग पाइन्छन् ।

यो पनि पढ्नुहोस्  

प्राकृतिक उपचार र यसको महत्व

भिटामिन डी र यसको महत्व

पीपलको धार्मिक महत्व

तुलसीको धार्मिक महत्व

काली मार्सी चामलको महत्व

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

यो विरुवाको जडिबुटीमा प्रयोग हुने भाग काण्ड हो । यो काण्ड जमीनमुनि रहने र अदुवा जस्तो हुन्छ। यसको रंग खैरो किसिमको हुन्छ । साधारण अदुवामा जस्तै धेरै हाँगा बिंगा हुदैन। यो काण्ड ६ देखि ९ सेन्टिमिटर सम्म लामो र २ देखि ४ सेन्टिमिटर सम्म चौडा हुन्छ । सतुवा एक वर्षे विरुवा हो जुन वर्षामा हुर्कन्छ अनि हिउदयाम सुरुभए पछि मर्छ । यसको सामान्यतया खेती गर्नको लागि १६०० मिटर भन्दा माथि खेती गर्न सकिन्छ । रोपेको एक वर्ष विराएर खन्दा राम्रो हुने भएकाले वर्ष बिरायर निकाल्दा राम्रो मानिन्छ ।

यो आयुर्वेद विज्ञान तथा अहिलेको मेडिकल साइन्समा पनि अत्यन्त महत्वपूर्ण औषधिय विरुवा हो । यसको विश्वमा ठूलो माग तथा महत्व छ । यस्ता वनस्पतिको खेति गर्न सके किसान तथा राष्टको लागि अत्यन्त लाभ पुग्न सक्दछ । सतुवा खेतीको लागि चिस्यान, ओसेपीलो र मलीलो माटो भएको भूगोलमा उपयुक्त हुन्छ । हाल सतुवाको बजार मूल्य ८ देखि १० हजार रुपैंयामा बिक्री भैरहेको छ भने यसको मूख्य बजार चीन हो ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!