स्वास्थ्यहेल्थ टिप्स

खाना खाने वित्तिकै कहिल्यै पनि यी कामहरु कदापी नगर्नुस्

आयुर्वेद विज्ञानका अनुसार नियमित दिनचर्या र खान-पानले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा खानाका विषयमा ध्यान दिनु जरूरी हुन्छ । यस्तै, खाना खाएपछी हामीले गर्ने कामका विषयमा पनि सचेत हुनुपर्छ । कुनै काम गर्दा हाम्रो पाचन प्रक्रिया चाँडो हुन्छ भने कुनै काम गर्दा पाचन प्रक्रिया ढिलो हुने गर्छ । पाचन प्रक्रियामा ढिलाइ हुँदा हाम्रो स्वास्थ्यलाई बेफाईदा गर्ने गर्छ ।

खाना खाने बित्तिकै गरिने कामले पनि हाम्रो स्वास्थ्यलाई बेफाइदा गर्ने हुनाले त्यस्ता कामहरू खाना खाएपछी नगर्नु नै राम्रो हुन्छ । खाना खाएपछि निद्रा लाग्न खोज्ने स्वभाविक हो । कुनै बेला त यति थकान महसुस हुन्छ कि ओच्छ्यान देख्नासाथ पल्टिन मन लाग्छ । तर खाना खाइसकेपछि यी कामहरु भने गर्नु हुँदैन । यदी गर्नुभयो भने तपाइँको पाचनमा समस्या हुने मात्र होइन स्वास्थ्य पनि विग्रिन सक्छ ।

१. तत्काल नसुत्नुस्

धेरै मानिसलाइ खाना खाएपछी अल्छि लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन् । तर, खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खाना खानासाथ पल्टिने बानी छ भने आजैदेखि छोड्नुस् । खाने बित्तिकै सुत्ने गर्दा तपाईले खाएको खाना पाचन हुन सक्दैन र यसले शरिरमा बिकार पैदा गर्छ । तपाइँलाई अन्य संक्रमणको पनि खतरा बढ्छ । साथै मोटोपन पनि बढ्ने गर्छ ।

२. चुरोट नपिउनुस्

चुरोट पिउने बानी भएकाहरु खाना खाइसकेपछि एक सर्को चुरोट तान्न मन पराउँछन् । तर खाना खाने वित्तिकै चुरोट तान्दा तपाइँलाई स्वास र मुटु सम्बन्धि गम्भिर समस्या हुन सक्छ । यसले क्यान्सरको खतरा पनि बढाउँछ ।

३. तत्काल नुहाउनु हुँदैन

सही समयमा खानु र नुहाउनुले शरिरलाई निकै फाइदा ग्रछ तर खाना खानेबित्तिकै नुहाउनु भने फाइदाजनक हुँदैन । खाना खाने बित्तिकै नुहाउँदा पेटमा रक्तसञ्चार तिव्र हुन्छ र पाचन प्रक्रिया ढिलो हन्छ, जसले शरिरलाई बेफाइदा गर्छ ।

४. फलफूल नखानुस्

खाना खानासाथ फलफूल खाने बानी पनि राम्रो होइन । फलफूल पेटमा टाँसिने हुँदा यसले तपाइँको पाचन प्रणाली प्रभावित गर्छ । खानासँगै खाएको फलफूलले चाहे जति पोषकतत्व दिन पनि सक्दैन । खाना खानेबित्तिकै फलफुल खाँदा ग्याष्टिकको समस्या देखिने गर्छ । खाना खानुअघि वा पछि १ घण्टाको फरकमा मात्र फलफूल सेवन गर्नुस् ।

५. चिया नखानुस्

केही मानिसलाई खाना खाएपछी चिया पिउने बानी हुन्छ । तर यो बानी हटाएको राम्रो हुन्छ । खाना खाने बित्तिकै चिया पिउनु फाइदाजनक मानिदैन । खाना खानेबित्तिकै चिया पिउँदा पाचन प्रणालीमा असर गर्छ । यसले एसिडिटीको समस्या पनि ल्याउँछ ।

६. नहिड्नुस्

धेरै मानिसलाई लाग्न सक्छ खाना खाने बित्तिकै कम्तिमा एक सय कदम हिड्नुपर्छ । यसले खाएको खाना पचाउन मद्धत गर्छ तर, यो कार्य गलत हो । खाना खानेबित्तिकै हिड्ने गर्दा खानाको सम्पूर्ण पोषण शरिरले पाउँदैन भने पाचन प्रक्रिया पनि कमजोर हुन्छ ।

यो पनि पढ्नुहोस् 

किन र कसरी हुन्छ फुड पोइजनिङ ?

सावधान ! यी खानाहरु खाँदा मानिसको तत्काल मृत्यु हुन्छ

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!