टिप्सहेल्थ टिप्स

विहान उठेर यी कामहरु कहिल्यै नगर्नुस्

नियमित दिनचर्याले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा दिनचर्याका विषयमा ध्यान दिनु जरूरी हुन्छ । पुराना कुराहरु केही त पक्कै वैज्ञानिक छन् । नयाँ हुनको लागि पुरानो विज्ञान आवश्यक छ । हाम्रो जीवन पद्धत्ति पनि पुरानो विज्ञानमा आधारित छ । यो पुरानो परम्परागत धारणा भएतापनि कतिपय कुराहरु बैज्ञानिक पनि छन् । आज तपाईंलाई हामी विहान उठ्ने वित्तिकै गर्न नहुने कामबारे जानकारी गराउनेछौं ।

१. घर फोहोर नराख्नुस्

तपाईं उठ्ने वित्तिकै घर या कोठा सफा राख्नुस् । विहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । सकेसम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

२. सहवास नगर्नुस्

विहान उठ्ने वित्तिकै सहवास गर्नु राम्रो मानिँदैन । विहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ । सकेसम्म विहानमा सम्भोग गर्नु हुँदैन ।

३. ऐना नहेर्नुस्

विहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ र मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने वित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । त्यसकारण उठ्ने वित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस् ।

४. बाँदरको नाम नलिनुस्

विहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन् शास्त्रका ज्ञाताहरु । विहानै बाँदरको नाम लिँदा दिनमा खाना खान मसस्या हुने उनीहरुको भनाइ छ । विहानमा बाँदरको नाम सके सम्म उच्चारण नै नगर्नुस् ।

५. तेलको भाँडो र सियो धागो नहेर्नुस्

विहान उठ्ने वित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यी २ बस्तु उठ्ने वित्तिकै हेर्न नहुने शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा विहान उठ्ने वित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धीमानी हुन्छ ।

यो पनि पढ्नुहोस् 

विहान उठेर यी कामहरु लागु गरेमा तपाईको जीवन सफल हुनेछ

विहान उठेर हत्केलाको दर्शन गर्नाले दिन नै शुभ हुन्छ

विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने दिन नै शुभ हुन्छ

प्रत्येक विहान यी कामहरु गर्नुहोस् चम्किनेछ भाग्य

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!