यौन जिज्ञासा

यौवनशक्ति कमजोर हुनुको कारण यस्तो छ

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आजकल हाम्रो क्लिनिकमा अधिकांश युवादेखि ५० पार गरेका पुरूषहरू यौवन समस्या समाधानका लागि आउने गरेको देखिन्छ । हाम्रो सानो प्रयासले औषधि विना नै समस्या समाधान भएको छ । यौवनशक्ति कमजोर हुनुमा व्यस्त जीवनलाई पनि लिन सकिन्छ ।

भागदौड र व्यस्तताले मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिन नसक्नाले सेक्समा ठूलो प्रभाव पारेको छ । सेक्समा सवैभन्दा ठूलो समस्या भनेको पौष्टिक आहारको कमीलाई हामीले लिएका छौं । हामीले खाने हरेक खाना पौष्टिक भएमा मात्र हामीले सेक्स कमजोरीको कारण के हुनसक्छ भन्न सकिन्छ ।
मानिसको शरीरमा भिटामिन ईयुक्त खानपिनको अभावमा पनि सेक्स कमजोर हुनसक्ने देखिएको छ । हामीले खाने खानामा भिटामिन ई प्रचुर मात्रामा हुनुपर्छ । खानामा प्याज, लसुन, अदुवा लगायत प्राकृतिक भोजन जस्तै-ताजा हरियो साग, सलाद, पालिस नगरेको चामल, ताजा फलफूल,चोकरयुक्त आटाको रोटी, अंकुरित खाद्यान्न, दूध, घीउ, अण्डा आदि भएमा सेक्स पावर बढाउन सक्छ ।

आजकाल मानिसहरू प्राय औषधिमा निर्भर रहनाले कालान्तरमा यस्ले ठूलो समस्या निम्ताउन सक्ने देखिन्छ । सेक्सको लागि औषधि होइन पौष्टिक आहरमा ध्यान दिनुस भन्ने हाम्रो आग्रह छ । फास्ट फूड, कोल्ड ड्रिंक्स, चकलेट, पिज्जा, बर्गर , चाउमीन आदिको सेवन नियमित गर्नाले पनि सेक्स ऊर्जामा कमी आउन सक्छ यस्ता चिजमा पर्हेजमा रहनु नै राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

रिंगटा किन लाग्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!