स्वास्थ्य

निमोनियावारे एक जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज नोभेम्बर १२ आजको दिन संसारभर बिभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व निमोनिया दिवस मनाइएको छ । निमोनिया भनेको चिसोले फोक्सोमा असर हुने हुनाले निमोनिया हुने गर्दछ । निमोनिया पाँच बर्ष भन्दा कम उमेरको बच्चालाई हुने गर्दछ । नेपालमा सवैभन्दा बढी बच्चाहरु यो रोगबाट प्रभावित हुनेगरेको पाइन्छ । समएमा उपचार नपाई मर्नेहरूमा बच्चाको संख्या उच्च रहेको छ ।

निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो, जसमा फोक्सोका कोषहरू संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रश्वासमा समस्या हुन्छ । निमोनिया धेरैजसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसहरुले गराउँदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ ।

हामीले रोगी बच्चाको उपचार गराउनु पर्दा खोकी लागेको छ स्वास प्रस्वास सामान्य भन्दा बढी देखिएमा निमोनिया भएको लक्षण अनुसार हजुरको बच्चाको फोक्सोमा चिसोले असर गरेको छ भन्ने जानकारी हामीले दिने गरेका हुन्छौं । यस्तो अवस्थामा चिसो हटाउने उपाय अनुसार गरम कपडा लगाउने न्यानो पारेर राख्ने जस्ता विषयमा ध्यान दिन आग्रह गर्दछौं ।

उपचार गर्नुपर्ने अवस्था भएमा लक्षण अनुसार खोकी कमहुने खालको औषधि दिने गर्दछौं । आजकल निमोनिया हुनासाथ एन्टिवायोटिक औषधि दिएर उपचार गरेको पाइन्छ । यस्तो रोग लाग्नुको प्रमुख कारण नहेरी गर्ने उपचारले बच्चा कमजोर हुन सक्छ ।

गाउँघरमा गर्ने उपचार मा मह अदुवा र तुलसी मिस्रण गरेर चटाउनाले कफ फालेर ठूलो राहत दिएको पाइन्छ तर कहिलेकाही यस्ता औषधिले चाडो निको नहुने हुनाले त्यस्ता बच्चालाई एमरजीन्सी उपचारको खाचो हुने हुनाले नजीकको स्वास्थ्य समस्था क्लिनिकमा गएर उपचार गराउन सके चाडो निको गराउन सकिनेछ ।

निमोनियाका लक्षणहरु

सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र पछि छिटो छिटो सास फेर्ने सास फेर्न गाहो हुने (कोखा हान्ने) गर्दछ । कडा किसिमको निमोनियामा ज्वरो १०२ फारेनहाइड भन्दामाथि आउँने हुन्छ ।

निमोनियाबाट कसरी जोगाउने ?

बालबालिकाहरु निमोनियाको उच्च जोखिममा रहेका हुनाले उनीहरुलाई निमोनियाबाट जोगाउन बिशेष ध्यान दिनुपर्छ । नवजात शिशुहरुलाई आमाको दुध पर्यप्त मात्रामा खुवाउनुपर्छ । कुपोषणबाट जोगाउनुपर्छ । खोपहरु समयमा लगाउनुपर्छ । धुवाँ धुलो र प्रदुषणबाट जोगाउनु पर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्   

दाद र यसको उपचार

पायल्स र यसको सफल उपचार

ग्यास्ट्रिक र यसको उपचार

मधुमेह (Diabetes) र यसको उपचार

खोकी र यसको घरेलु उपचार

मुटु रोग र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!