खानपान

मार्सी चामल भनेको के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मार्सी धानको खेती जुम्लामा बढी हुने गरेको पाइएको छ । त्यो मार्सी धानबाट तयार गरिने चामल रातो रङ्गको हुने भएकाले यसलाई अंग्रेजीमा रेड राइस पनि भन्ने गरिन्छ । यो चामल हिमालको तल्लो भेग र उच्च पहाडी भेगमा फल्ने गर्छ । चिसो सहन सक्ने र पानीमा फल्ने भएकाले यसको नाम मार्सी राखेको विज्ञहरु बताउँछन् । यो चामल खाँदा धेरै समय भोक नलाग्ने विशेषता समेत रहेको छ । मार्सी धानको उत्पत्ति नेपालमै भएको हो ।

यो पनि पढ्नुहोस्

काली मार्सी चामलको महत्व

चामल, गहुँ र जौ कुन कति उपयोगी

सतुवा र यसको महत्व

जडिबुटी उखाल्ने समय

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

संसारकै सबैभन्दा अग्लो ठाउँमा उत्पादन हुने यो धानको चामलमा उच्च परिमाणमा कार्बोहाइड्रेड पाइन्छ । जुम्लामा करिब दुई हजार मेट्रिक टनको हाराहारीमा यो जातको धान उत्पादन हुन्छ । जुम्लाको सबैभन्दा उच्च स्थान छुम्चौंर र हाकुमा पनि यो जातको धानको उत्पादन किसानले गर्दै आएका छन् । चैतमा बीउ छरिने मार्सी धान कात्तिकमा घर भित्र्याउने चलन छ । यो जातको धान २ महिनाको ब्याड तयार गरेर हिलोमा रोपिन्छ । यो धानको बिउ रोपेदेखि काट्दासम्म ७-८ महिना लाग्ने विज्ञ बताउँछन् ।

Like & Follow us on Facebook

चिसो हावापानीमा रोपिने भएकाले यो धान फल्न धेरै समय लाग्ने गरेको हो । यसको बोट करिब १ मिटर लामो हुने गर्छ । विज्ञका अनुसार जुम्लामा फल्ने मार्सीमा आइरन, स्टार्च, सेलेनियमको मात्रा अरु धानको भन्दा धेरै हुन्छ । यो धानको चामल अरु भन्दा स्वस्थ्कर र स्वादिलो पनि हुने गर्छ । अर्को रोचक कुरा के छ भने यो चामलको भात खाएमा चाडो भोक नलाग्ने भनिएको छ । हामीले खाने अन्य चामलमा भन्दा यो चामल बढी पौष्टिक हुने भएकाले पनि अन्य चामलको तुलनामा यो चामलमा बढी भिटामिन भएको तथ्य फेला परेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!