खानपान

गर्मीमा मेवा खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन गर्ने फलभित्र पर्दछ । अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ । यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ । काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ ।

यो पनि पढ्नुहोस्

मेवालाई उपयोगी औषधीको रुपमा के भएमा प्रयोग गर्न सकिन्छ ?

मेवा एक उपयोगी औषधी

गर्मी मौसममा मेवा खानुका फाइदाहरु

गर्मी मौसममा के खाने ?

भुलेर पनि यी मिक्स गरेर खानु नहुने फलफूलहरू

मेवामा अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ । मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ।

मेवाको नियमित सेवनले मानिसलाई युवा बनाइराख्छ । मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ । मेवा कन्स्टिपेसनका लागि पनि अचूक औषधि मानिएको छ। यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।

Like & Follow us on Facebook

जलनशिल विरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायक छ। यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ । यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो उपोगी फलको रूपमा लिइएको छ । हाम्रो बारीमा रोप्न सकिने मेवा स्वास्थ्यको लागि निकै उपयोगी मानिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!