मुख्य समाचारसमाचार

मुस्ताङको युरेनियम खानी उत्खननको लागि अध्ययन गरिने

काठमाडौँ, २० वैशाख । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी छन् ।

बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलन अनुसार सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । सरकारले आगामी आर्थिक वर्षदेखि मुस्ताङको युरेनियम खानी उत्खनन्‌का लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्‍न गरी सञ्‍चालनमा ल्याइनेछ । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नु भएको सम्बोधनको बुँदा ६२ मा उक्त कुरा उल्लेखित छ ।

स्थानीय निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा एमालेले माथिल्लो मुस्ताङमा रहेको बहुमूल्य युरेनियमको खानी उत्खनन गर्ने प्रतिवद्धता पनि जनाएको थियो । पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओली नेतृत्वको सरकारको पालामा सोम प्रसाद पाण्डे उद्योग मन्त्री हुँदा सम्भाव्यता अध्ययनपछि रोकिएको मुस्ताङको बहुमूल्य युरेनियम उत्खननलाई एमालेले अघि बढाउने कुरा उल्लेख गरेको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!