आयुर्वेदचिकित्सा विज्ञान

आयुर्वेद वा एलोपैथिक उपचार बिधि कुन ठिक ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेद वा एलोपैथिक उपचार बिधि कुन ठिक ? जानी राखौ ! आज नेपाल जस्तो अल्पविकसित राष्ट्रमा आयुर्वेदिक उपचार गराउनेको संख्या बढ्नुलाई कुनै आश्चर्य मान्नुपर्छ भन्ने छैन । आयुर्वेदिक औषधिबाट के रोग निको हुनसक्छ ? भन्ने बिचार एलोपैथिक डाक्टरलाई हुनु स्वभाविक हो । म उहाँहरूलाई के भन्न चाहन्छु भने सम्भावना छ तर औषधि बनाउने कम्पनीले औषधि उत्पादन गर्दा शास्त्रीय विधिबाट औषधि बनाएको छ वा हचुवाको भरमा बनाएको छ यसतर्फ ध्यान दिन आवश्यक छ ।

आयुर्वेदिक जडिबुटीबाट उत्पादन गरेका कतिपय होम्योपैथीक औषधिहरूले रोग निर्मुल पार्न राम्रो भुमिका खेलेको पाइन्छ । हर्बल औषधि मानव स्वास्थ्यका लागि ठूलो औषधि मानिएको छ । एलोपैथिक औषधिको साइड इफेक्ट बढी हुने हुनाले जडिबुटी जस्तो सुरक्षित अरू केही नहुन सक्छ । मेरो विचारमा आयुलाई स्थिर राख्न र रोगलाई जरैदेखि फाल्न नेपाली भुमिमा उत्पादन भएका जडिबुटी धेरै राम्रो हुन सक्ने मेरो दावी छ । एलोपैथिक औषधि निर्माण हुनुभन्दा आयुर्वेदको रचनाकाल ईसापूर्व ३,००० देखि ५०,००० वर्ष पहले भएको मानिन्छ ।

हामीले यो कुरा विर्सनु हुदैन कि नेपाली भुमिमा उत्पादन हुने सवै बस्तु चाहे औषधि होस् वा फलफूल तरकारी जेसुकै किन नहोस् हामीले प्रयोग गर्ने बानी बसाल्नु पर्दछ । आयुर्वेदलाई गलत भन्नु महामुर्ख हुन भन्दा खासै फरक पर्दैन । हरेकले आफ्नो विषयलाई बढी चासो दिनु राम्रो हो । मेरो विचारमा सहि तरिकाले औषधि बनाएर सेवन गराउन सकिन्छ भने अकालमा मानिस मर्ने समयलाई समेत यसले टार्न सक्छ ।

हामी यति धेरै स्वार्थमा डुब्दै छौं कि के राम्रो के नराम्रो को हेक्का छैन । विकास राष्ट्रको होस् या व्यक्तिको फरक केहि छैन यदि दिएको करको सदुपयोग हुदैन भने देश कंगाल हुन सक्छ । आज जति कर हिजो पंचायत कालमा उठाएको भए के हुने थियो किनकि राजाको खिलाप बोल्ने कोहि थिएन तर आज समय परिवर्तन छ । गलतलाई सहि र सहिलाई गलत भन्ने परिपाटीको जन्म भएको छ । यसले राम्रो पक्कै नहुने देखिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

वर्तमान समयमा आयुर्वेदिक औषधिको महत्व

आयुर्वेदिक औषधि र यसको रहस्य

आयुर्वेदका जन्मदाता धनवन्तरी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!