जीवन-दर्शनराजनीति

मानिसले गरेको सानो गल्तीले निम्त्याउछ ठुलो दुर्घटना

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

मानिसले गरेको सानो गल्तीले निम्त्याउछ ठुलो दुर्घटना । एउटा आमाले बच्चा जन्माउनु पुर्व आफु स्वास्थ्य हुन आवश्यक छ । धुम्रपान जांड रक्सी खाने आमाले जन्माएको सन्तान क्यान्सर रोगी भएर जन्मन्छ । आमा बुबाले गरेको गल्तीको सिकार त्यो अबोध बालक हुन पुग्छ ।

के गल्ती गरेको थियो त्यो अबोध बालकले जसका कारण उ जीवनभारी औषधिको सहारामा बाँच्नु पर्नेछ । तपाईं किन पढदै हुनुहुन्छ जागिर खान ? जागिर किन खाने पैसा कमाउन ? ठिक छ पैसा किन कमाउन पर्यो बाँच्नका लागि ? बाच्न किन पर्यो त ? मान्छे भएकाले हुन सक्छ ।

मान्छे भएर जनावर जस्तै भएर बाँच्नुको कुनै अर्थ छैन । पशुलाई खान पाए हुन्छ उसलाई कुनै कुराको चिन्ता हुदैन तर एउटा मानिसको जन्म भएपछि हजारौं जिम्मेवारी उसको काँधमा आएको हुन्छ । यी सवै प्रश्नको उत्तर गहिरिएर सोच्नुहोस हामीले गल्तीमाथि गल्ती गर्दै पछुतो मान्दै जान्छौं ।

शिक्षा पाएर पनि हामी खाली बस्छौ भने शिक्षामा गरेको लगानीको अर्थ नै के रहयो र । एउटा शिक्षकले कलासमा पुग्दा चुरोट पिउदै जान्छ भने उसले दिन खोजेको शिक्षा के होत ? एउटा सानो बालकले गुलियो पदार्थ मन पराउछ भने त्यो लत छोडाउन पहिले आफ्नो बानी सुधार्न सक्नुपर्छ र त्यो बालको बानी सुधार्न सकिन्छ ।

सानातिना रोग लागेर नेताहरू आफ्नो रोग जचाउन विदेशमा राष्ट्रको ढुकुटी रित्याएर पुग्छन् भने यिनले जनतालाई के सिकाउछन् त ? ठूलो मानिसले गरेको काम नै सानाका लागी मार्गदर्शन हुन सक्छ । स्वदेशमा नै भिआइपीको लागि राम्रो सुबिधा हुँदाहुँदै विदेश पुग्ने परम्पराले जनतालाई शिक्षा दिनुको साटो ऐयासीमा नेतृत्वले धकेल्दैछन् के यो जायाज छ त ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

हरेक नेपालीले बुझ्नुपर्ने कुरा

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

मेरो नेपाल गरीव होइन यसलाई हरीप बनाइएको हो ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!