खानपानस्वास्थ्य

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


आँप फुल्ने मौसम आउदैछ । आँप कसलाई मन पर्दैन । आँपलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल मानिएको छ । आँप काँचो होस् वा पाकेको दुवैमा औषधीय गुण हुन्छ । पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ लगायत पाइन्छ ।

आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछ । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ ।

आँपमा प्रोटिन ९.६ प्रतिशत, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फोस्फोरस ०.०२ र फलाम ०.३ प्रतिशत पाइन्छ । एक सय ग्राम आँपमा करिब ९० क्यालोरी ऊर्जा हुन्छ । हामीले खाने हरेक फलफूल स्वास्थ्यको दृष्टिकोणले राम्रो छ ।

आँप खानुका फाइदाहरु

१. आँपमा भिटामिन ए र भिटामिन सी प्रसस्त मात्रामा पाइने र यस्मा प्रसस्त फाइबर हुनाले स्वास्थ्यका लागि फलको राजा मानेको छ ।

२. आँपको सेवन सहि तरिकाले गर्न सकेमा खूनको कमिबाट बचाउन सक्दछ ।

३. आँपमा साइट्रिक एसिड प्रसस्त हुनाले पाचन कृयालाई राम्रो संग सुधार्दछ,रूचि जगाउदछ ।

४. आँपमा ग्लुटामिन नामक एसिड पाइने भएकाले मेमोरि पावर बढाउदछ । आँपमा अन्य भिटामिन हुनाले रोग प्रतिरोधक शक्ति पनि बढाउने काम गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

खोर्सानीका फाइदाहरु

जाडोमा अकबरे खुर्सानी खानुका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

तिते करेला खानुका फाइदाहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!