विज्ञान जिज्ञासा

प्यारासुटले कसरी काम गर्छ ?

साहसिक खेल रुचाउनेका लागि जिन्दगीमा एक पटक प्यारासुटमा उडन गर्ने ठुलो सोख हुन्छ । हामीले खबर सुन्ने गर्छौ की प्यारासुट जम्प गरेर किर्तिमान गरे आदि । तर धेरैजसो मानिसलाई थाहा नहुन सक्छ प्यारासुटले कसरी काम गर्छ भनेर ? प्यारासुटको आविष्कार हवाईजहाजबाट जमिनमा ठीक ढंगले विना कुनै चोटपटक ओर्लनको लागि भएको थियो । तर आज सुरक्षित रुपले हतियार, औजारहरू तथा अन्य सामानहरू एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउन पनि प्यारासुटको प्रयोग गर्न थालिएको छ । प्यारासुट नाइलनबाट बनाइन्छ । यसको औसत चौडाइ ७ देखि ९ मिटर सम्म हुन्छ ।

प्यारासुटको कार्यपद्धति निकै नै सरल छ । खसिरहेको कुनै वस्तुमा दुईथरी बलहरूले एकसाथ काम गर्छन : एउटा हावाको प्रतिरोधको बल र अर्को गुरुत्वाकर्षण बल । गुरुत्वाकर्षण बलले वस्तुलाई तेज गतिमा तलतिर तान्छ भने हावाको प्रतिरोधले त्यस वस्तुलाई तेज गतिमा खस्नबाट रोक्छ । यदि खसिरहेको वस्तुको गति कम छ भने हावाको प्रतिरोध भन्दा गुरुत्वाकर्षण बलको प्रभाव वस्तुमा अधिक हुन्छ । जब वस्तुको गति बढ्न थाल्छ, त्यसको गति सँगसँगै हावाको प्रतिरोध पनि बढ्दै जान्छ । यही क्रममा वस्तुको गति त्यो सीमासम्म बढ्न सक्छ, जहाँ गुरुत्वाकर्षण बल र हावाको प्रतिरोध बराबर हुन्छ । त्यसपछि सो वस्तुको गति स्थिर हुन्छ । चौडाइ कम भएको वस्तुहरूमा भन्दा चौडाइ बढी भएको वस्तुहरूमा हावाको प्रतिरोध बढी हुन्छ । त्यसैले त्यस्ता वस्तुहरू चाँडै स्थिर गतिमा पुग्छन । प्यारासुट खुल्ने वित्तकै त्यसको चौडाइ बढ्ने हुनाले चाँडै स्थिर गतिमा पुग्छ र सुरक्षित रुपमा जमिनमा खस्छ ।

यो पनि पढ्नुहोस्  

खोपले कसरी काम गर्छ ?

टेलिभिजनले कसरी काम गर्छ ?

DNA (डीएनए) भनेको के हो ? यसले कसरी काम गर्छ ?

फिङ्गरप्रिन्ट सेन्सर (Fingerprint Sensor) ले स्मार्टफोनमा कसरी काम गर्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!